• शिशिर दोङ

तेमाल–काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर २ चुखाको वडा भेला शनिबार वडा कार्यालयमा बस्यो ।

वडावासीहरुको भेलाबाट आर्थिक वर्ष २०७६⁄०७७ का लागि वडाले प्राप्त गरेको विकास बजेट कार्यन्वयनका लागि उपभोक्ता समितिहरु गठन गरिएको छ ।

पूर्व गाविस अध्यक्ष संग्राम तामाङको प्रमुख आतिथ्यता र वडाध्यक्ष तिमाल सिं तामाङको अध्यक्षतामा भएको भेलाले सर्वसम्मत रुपमा उपभोक्ता समितिहरु गठन गरेको हो ।

यो वर्ष गाउपालिकाबाट वडालाई प्राप्त रु ८६ लाख २२ हजार ८९० बजेटबाट मोटर बाटो,खानेपानी,सिञ्चाई,कृषि,युवा तथा खेलकुद,शिक्षा,स्वास्थ्य,संस्कृति,पर्यटन,महिला एवम् लक्षित वर्ग लागयत क्षेत्रको विकास निर्माण गरिने वडाध्यक्ष तामाङले जानकारी दिनुभयो ।

भेलाका प्रमुख अथिती पूर्व गाविस अध्यक्ष संग्राम तामाङले सबै उपभोक्ता समितिका पदाधिकारी र सदस्यहरुलाई इमान्दारीताका साथ निर्माणमा जुट्न अनुरोध गर्नुभयो ।

उहाँले बिगतको वर्षहरुमाझैं समयमा ढिला काम हुने र बजेट फस्र्यौट नहुने जस्ता समस्यामा अब पर्न नहुने सुझाव दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !