• नमोबुद्ध संवाददाता

धुलिखेल–छिमेकी देशबाट सिमा मिचिएकोमा विरोध भईनैरहेको छ । पश्चिम कालापनी–लिपुलेक र लिम्पियाधुरा फर्काउन सरकार पनि लागेकै छ ।

यिनै सन्दर्भमा बरिष्ठ पत्रकार,कवि एवम् साहित्यकार फूलमान वलको माटो प्रेम झल्काउने राष्ट्रिय गीत ‘तिमीले टेक्ने माटो उही’ सार्वजनिक भएको छ ।

वलद्धारा रचित गीतमा पारस नेपालले स्वर दिनुभएको छ,जसमा जुगल डंगोलको संगीत छ ।

गीतमा आत्मसम्मान र स्वाभिमान भाव झल्कीन्छ,एकतामा जोड दिइएको छ ।

गीतलाई सामान्य भिजुलाईज गरी गायक पारस प्रकाश नेपालले आफ्नो युट्युवमार्फत पनि सार्वजनिक गर्नुभएको छ ।

भिडियोसहित हेर्नुहोस् : 

प्रतिक्रिया दिनुहोस !