• नमोबुद्ध संवाददाता

महाभारत–काभ्रेको महाभारत गाउँ कार्यपालिकाको पहलमा यहाँका विभिन्न स्थानिय रुट हुदै गाउँ–शहर आउजाउ गर्ने सार्वजनिक यातायात(बस) भाडा सुलभ बनाईएको छ ।

गाउँपालिका र हिमाल तराई यातायात सेवा प्रालिका अधिकारीबिच मंगलबार भएको छलफलबाट नयाँ भाडादर समेत कायम गरिएको हो ।

अब हिमाल तराईको बसमा बनेपादेखी भिमखोरी रामपुर–बनखु हुदै धापसम्मको रु ५५० र यहि रुट हुदै धाप छोटेसहनसम्म रु ५८० भाडा लिने समझदारी बनेको पालिका अध्यक्ष कान्छालाल जिम्बाले जानकारी दिनुभयो । यसअघि रु ७८० भाडा लिने गरेकोमा अब रु २०० भाडा कम भएको उहाँले बताउनुभयो ।

यो रुटमा पहिलो धाप विहान ७ः१५ बजे,दोस्रो बनखु ८ः३० बजे र तेस्रो रामपुर १०ः३० बजे गाडी छुट्ने समय निर्धारण गरिएको छ ।
यसअघि यातायातका साधनहरुको आफुखुसी भाडा लिने प्रवृत्तिका कारण सर्वसाधारण आजित थिए ।

भौगोलिक तथा विकासका पूर्वाधारको दृष्टिले विकट डाँडापारीका विभिन्न क्षेत्रमा बस सेवा सञ्चालन र सहजिकरणमा महाभारतका जनप्रतिनिधीहरुले देखाएको तत्परता एवम् पहलकदमीप्रति स्थानियले खुसी व्यक्त गरेका छन् ।

पालिका अध्यक्ष जिम्बा,हिमाल तराई यातायात सेवा प्रालिका निर्देशक आत्मराम थापा र सञ्चालक केशव पौडेलबिचको छलफलमा भएको सहमतिअनुसार तोकिएको नयाँ भाडादार हेर्नुहोस् :

बनेपा–उध्याउने रु ४२०,

बनेपा– बनखु रु ४३०,

बनेपा–गोल्टार रु ४५०,

बनेपा–घर्तीछाप रु ४७५,

बनेपा–सानो भञ्ज्याङ रु ५००,

बनेपा–गोकुलेसम्म रु ५२५

बनेपा–बनखु रु ५५०

बनेपा–छोटेसहन रु ५८०

नागरिकको दैनिकी सहज हुनेगरी अब यहाँ नियमित रुपमा हिमाल तराईका बसहरु सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस !