
-
नमोबुद्ध संवाददाता
काठमाडौं–एकताका निकै लोकप्रिय रहेको ‘इलामे सहर चियाबारी राम्रो त्यहीँ पर्यो घर हाम्रो’ गीत पुनः गायन गरी म्युजिक भिडियोसहित बजार ल्याईएको छ । गंगाराज मुकारुङद्वारा रचित गीत म्युजिक भिडियोसाथ सार्वजनिक गरिएको हो ।
जीवन मुकारुङको निर्देशन र सम्पादनमा तयार गरिएको भिडियो सेवा इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् सार्वजानिक भएको हो ।
बुलु मुकारुङको संगीत तथा स्वयं बुलुसहित कुन्ति मोक्तानको स्वर रहेको गीतलाई अशोक मुकारुङ र सुनिता थेगिमको स्वरमा रिभोकल गरिएको हो ।
नोर्बु शेर्पाले रिएरेन्ज गरेको गीतको म्युजिक भिडियोमा अशोक मुकारुङ, सुकुम पारघरी लिम्बू, मन्दिप मुकारुङ र विमला राना मगरको अभिनय छ ।
सुजन गुरुङले श्रृङ्गार, युनिक डान्स सेन्टर इलामका तेजु राना मगरले कोरियाग्राफी, र मन्दिप मुकारुङले भिडियो छायांकन गर्नुभएको हो ।
भिडियो :