नमोबुद्ध संवाददाता,, २१ जेठ : मध्य अमेरिकी देश ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुदा २५ जनाको ज्यान गएको छ । विस्फोटका कारण १ सय भन्दा बढि घाईते भएका छन् । विस्फोटपछि धेरै जना हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । ग्वाटेमाला शहरबाट करिब ४० किलोमिटर टाढा दक्षिण–पश्चिममा ज्वालामुखी विस्फोट भएको हो । ज्वालामुखीबाट निस्किएको खरानी टाढाटाढासम्म जनजीवन प्रभावित भएको छ । विमानस्थल समेत बन्द भएको छ । राष्ट्रपति जेम्मी मोरालेसले राष्ट्रिय संकटकाल घोषणा गर्दै प्रभावितहरुलाई तत्काल उद्दार गर्न निर्देशन दिनुभएको छ ।