• नमोबुद्ध संवाददाता,,,

काठमाण्डौं,१४ बैशाख :
सरकारले अबको चार महिनाभित्र अनिवार्य शिक्षा ऐन ल्याउने भएको छ । मौलिक हक अन्तरगतका सवै ऐन तीन बर्षभित्र ल्याउनुपर्ने व्यवस्था अनुसार अबको ४ महिनाभित्र सरकारले अनिवार्य शिक्षा ऐन ल्याउन लागेको हो ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले अबको चार महिनाभित्र शिक्षा ऐन ल्याउने जानकारी दिनुभयो । उहाँले १० कक्षासम्म पढिसक्दा केही काम गर्न सक्ने सीपसहितको शिक्षा, पैसा नभएर पढ्न नसकिने अवस्था अन्त्य गर्ने शिक्षा प्रणाली ल्याउन लागेको बताउनुभयो ।

मन्त्री पोखरेलले शिक्षानीति २०२८ लाई अन्त्य गरेर लयनउ लागेको नयाँ शिक्षा नीति वैज्ञानिक र जिवन उपयोगि हुने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !