• ङिमा पाख्रिन / न्युजर्सी

पन्ध्र बर्षहरु बिती सकेछन्, गायक सागर एस वाईबाले गीत सँगीतको यात्रामा हिडेको । उनले स्वर भरेका गीतहरु दुई सय कटेको उनको दावी छ । उनको सोलो अल्बमको सँख्या लगभग दर्जन नजिक पुगेको उनी बताउँछन् । तर पनि नेपाली साँगीतिक फाँटमा उनको नाम कमैलाई मात्र थाहा होला, कमैले मात्र उनलाई चिनेको हुन सक्छन् । तर तामाङ समुदायभित्र भने उनी ‘म्हेन्दोमाया सम्राट’ (म्हेन्दो‍‍‍‍माया किङ) को रुपमा चिनिन्छ ।

तामाङ समुदायको जनजीवनसँग गाँसिएका मौलिक लोकलयहरुमा उनले भाका हालेका छन् । मेलापात, गाईगोठ, घाँसदाउरा गर्दा धादिङ नुवाकोटतिर गुञ्जिने भाकाहरुमा उनले स्वर भर्दै आएका छन् । पिता पुर्खा देखि चल्दै आएको तामाङ मौलिक लोकलयहरुलाई बाहिर पनि चिनाउँनु पर्दछ भन्ने उनलाई लागी रह्यो । यसको संरक्षण नगरे कुनै दिन हराएर जान सक्छ भन्ने चिन्ता उनमा पलायो । अनि म्हेन्दोमाया गाउँदै उनले साँगीतिक यात्राको थालनी गरेका थिए । शुरु शुरुमा उनलाई उत्साह दिने कोही थिएनन् । बरु धेरैले हतोत्साही पार्न खोजे । म्हेन्दोमाया गाएर पनि गायक हुन्छ र ? धेरैले उनलाई प्रश्न हाले ।

पहिले धादिङ नुवाकोटमा सिमित तामाङ लोकलयहरु अहिले आम तामाङ माझ पुगेको छ । अब त अाम नेपालीले रुचाईन थालेका छन् । गायक वाईबा दावी गर्दछन्, ‘यो महत्वपुर्ण उपलब्धी हो’। म्हेन्दोमाया समुहको अध्यक्ष समेत रहेका गायक वाईबा म्हेन्दोमायाको विकास, संरक्षण र सम्बर्धनका लागि आफूसँगै केहि अग्रज र थुप्रै भाई बहिनीहरुको देन रहेको सुनाउँछन् ।

ज्याक्सन हाईटमा गायक वाईबासँग पंक्तिकारले भेटेर कुरा गर्दा उनले बताए, ‘नेपाली गीत गाएमा बरु बिदेश घुम्न पाइन्छ ! भन्नेहरु धेरै थिए’ । उनलाई त्यतातिर खासै मोह गएन । बरु आफ्नो दृढ सँकल्प र विश्वासमा उनी अडिग रहे । कुनै दिन यही म्हेन्दोमाया गाएर म संसार घुम्ने छु भन्ने संकल्प उनले मनमनै गरे । उनको आत्माविश्वास आज प्रतिफलमुखी बनेको छ । म्हेन्दोमाया गाउँदै संसारको बिभिन्न देशहरु घुम्ने पहिलो नम्बरको गायकमा उनी पर्दछन् । यही सिलसिलामा उनी अमेरिका पनि आई पुगेका छन् । अमेरिकाका बिभिन्न शहरमा म्हेन्दोमाया गाउँदै उनले धेरैलाई नचाई सकेका छन् । सोनाम ल्होछारको उपलक्षमा तामाङ समाज उत्तर अमेरिका, डालास, टेक्सासको आयोजनामा भएको कार्यक्रममा म्हेन्दोमाया गाउँदा नाचेर साथ दिने ८० बर्षे वृध्द सम्झदै उनले भने, ‘म्हेन्दोमायालाई अब धेरैले माया गर्न थालेका छन्’ ।

अहिलेसम्म गायक वाईबाको सँगीतिक प्याट्रन धादिङ नुवाकोट भेगमा तामाङ समुदाय माझ प्रचलित म्हेन्दोमाया, साईकोले, म्हानेदोरा, बोम्ताङ नै हो । तथापी अाम तामाङ समुदायको अति चर्चित सेलो भाका पनि उनले गाएका छन् । उनी भन्दछन्, ‘सेलो र म्हेन्दोमाया दुईटै तामाङ समुदायको सम्पत्ती हो, दुईटैले तामाङ पहिचानलाई बोकेको छ’ । उहिले म्हेन्दोमायाको प्रचार प्रसार कम भएकोले केहि ओझेलमा पर्न गएको भन्ने उनको ठम्याई छ ।तर अब तामाङ समुदायले बुझेका छन् र आफ्नो सम्पत्तीको जगेर्ना गर्न सबै उत्साहित छन् ।

तामाङ समुदायको जनजीवनसँग गाँसिएका मौलिक लोकलयहरुमा उनले भाका हालेका छन् । मेलापात, गाईगोठ, घाँसदाउरा गर्दा धादिङ नुवाकोटतिर गुञ्जिने भाकाहरुमा उनले स्वर भर्दै आएका छन् । पिता पुर्खा देखि चल्दै आएको तामाङ मौलिक लोकलयहरुलाई बाहिर पनि चिनाउँनु पर्दछ भन्ने उनलाई लागी रह्यो ।

म्हेन्दोमाया के हो त भन्ने पंक्तीकारको जिज्ञासामा यसको शाब्दिक अर्थ केलाउँदा म्हेन्दो भनेको फूल र यसमा माया जोडेर म्हेन्दोमाया हुन आउँने भएता पनि यसको वास्तविक अर्थ त्यो भन्द निकै गहिरो भएको गायक वाईबाको भनाई छ । उनका अनुसार म्हेन्दोमायाको शब्दमा भन्द संबेदनामा गहिरो अर्थ हुन्छ । यो एउटा मौलिक लोक भाका हो र यसभित्र माया प्रेमका भावनादेखि दु:खसुखका संबेदनाहरु पोखाईन्छन् । यसमा सबैजना हात गाँसेर नाच्ने परम्परा भएकोले सामुहिकता, आपसी सदभाव र मित्रताको कडी पनि यसलाई मान्न सकिन्छ । गायक वाईबाले गाउँने अर्को भाका ‘साईकोले’मा चाही नाच्न नमिल्ने ठाउँमा गाउँदै मनको भाव पोखाउँने गरिन्छ ।

मेलापातमा वा घाँसदाउरा गर्दा काम गर्दै गाउँने परम्परा साईकोले हो । म्हानेदोरा, बोम्ताङ चाही जहाँ पायो त्यही र जे पायो त्यही गाउँना नमिल्ने उनी बताउँछन् । म्हेन्दोमायालाई नेपाली भाषामा गाउँना गायक वाईबालाई सुझाउँनेहरु पनि छन् । तर उनी अहिले नै त्यसो गर्ने पक्षमा छैनन् । तामाङ लोकलयलाई तामाङ भाषामै संरक्षण गर्न सकिएन भने यसको गुदी ह्रास हुने उनी बताउँछन् । उनलाई थाहा छ, डेढ दशकको तामाङ लोकलय साँगीतिक यात्रामा उनका गीतहरुलाई मेनस्ट्रिमका मिडियाहरुले स्थान दिएनन् । नेपालीमा गाएको भए उनका गीतहरु नि त्यहाँ बजाईन्थे र उनलाई धेरैले चिन्थे । तर उनलाई कुनै पर्वाह छैन, न त पछुतो नै । बरु गर्व गर्दै उनी भन्दछन्, ‘तामाङ भाषामै गाएकोले त मैले ‘म्हेन्दोमाया सम्राट’को उपनाम पाएको छु’ ।

डेढ दशकको तामाङ लोकलय साँगीतिक यात्रामा उनका गीतहरुलाई मेनस्ट्रिमका मिडियाहरुले स्थान दिएनन् । नेपालीमा गाएको भए उनका गीतहरु नि त्यहाँ बजाईन्थे र उनलाई धेरैले चिन्थे । तर उनलाई कुनै पर्वाह छैन, न त पछुतो नै । बरु गर्व गर्दै उनी भन्दछन्, ‘तामाङ भाषामै गाएकोले त मैले ‘म्हेन्दोमाया सम्राट’को उपनाम पाएको छु’ ।

पहिले धादिङ नुवाकोटमा सिमित तामाङ लोकलयहरु अहिले आम तामाङ माझ पुगेको छ । अब त अाम नेपालीले रुचाईन थालेका छन् । गायक वाईबा दावी गर्दछन्, ‘यो महत्वपुर्ण उपलब्धी हो’। म्हेन्दोमाया समुहको अध्यक्ष समेत रहेका गायक वाईबा म्हेन्दोमायाको विकास, संरक्षण र सम्बर्धनका लागि आफूसँगै केहि अग्रज र थुप्रै भाई बहिनीहरुको देन रहेको सुनाउँछन् । भाषाको परिधीले संस्कृतिलाई विश्वब्यापीकरण हुनबाट रोक्नु ‍हुँदैन भन्ने पनि उनलाई राम्ररी हेक्का छ । तर पहिले जुन समुदायको मौलिक संस्कृति हो, त्यही समुदायभित्र नै राम्ररी संरक्षित हुन सक्नु पर्दछ अनि मात्र बाहिर लैजानु पर्दछ, उनी भन्दछन् । उनको बिचारमा पूर्व र पश्चिम वा उत्तर र दक्षिण भनेर हाम्रो तामाङ मौलिक पहिचान बोक्ने लोकलयका गीतहरु होस् वा संस्कार संस्कृति होस् हामीले छुट्टाउँनु हुँदैन । यी सबै हाम्रै सामाजिक सम्पदा हुन् र हामीले नै मिलेर जगेर्ना गर्नु पर्दछ ।

नुवाकोटको काहुलेमा हुर्केका गायक वाईबा आफूले गाएको पहिलो गीत अव छोराको स्वरमा रेकर्ड गराएर भिज्युअल समेत गर्ने अभियानमा छन् । उनको बिचारमा यसो गर्दा नयाँ पुस्ता पनि मौलिक लोकलयतिर आकर्षित हुनेछन् । गाउँबाट शहर र शहरबाट बिदेश बसाई सराईले हाम्रा मौलिक लोक संस्कार संस्कृतिहरु लोपुन्मुख हुँदै गएकोमा उनी चिन्तित छन् । तर अमेरिकाको न्युयोर्कमा होस वा क्यालिफोर्नियामा अथवा टेक्सासको डालासमा, म्हेन्दोमाया गीत प्रस्तुत हुँदा नाच्न तामाङका साथसाथै अन्य पनि उत्साहित हुँदै सहभागी भएको देख्दा उनलाई धेरै सन्तुष्टी मिलेको छ । देश बिदेशमा सबै मिलेर जगेर्नाको लागि ठोस काम गर्नु पर्ने उनको धारणा छ । त्यसो त अब गाउँघरतिर पुर्खहरुसँग सिक्ने र त्यसलाई अभिलेखिकरण गर्ने सोचाईमा पुगेको उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !