• नमोबुद्ध संवाददाता

काठमाडौँ, २०७४ पुस ३ गते । बौद्धको टुसालमा मुख्य कार्यालय रहेको पवित्रा झ्यारुङ खस्योर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । जेष्ठ नागरिक कृष्णलाल श्रेष्ठद्वारा उद्घाटन गरिएको साधारण सभाको सभापतित्व संस्थाका अध्यक्ष सूर्य लामाले गरेका थिए ।

संस्थाका उपाध्यक्ष वीरबहादुर लामाले स्वागत मन्तव्यका साथै कार्यक्रमबारे प्रकाश पारेका थिए । उक्त सभामा अध्यक्ष सूर्य लामाले आ.ब. २०७३÷२०७४ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका सचिव राम श्रेष्ठले आ.व. २०७३÷२०७४को प्रगति प्रतिवेदन र कोषाध्यक्ष रन्जित लामाले आ.व.२०७३÷२०७४को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी वर्षको अनुमानित बजेट समेत प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन सेयर सदस्यहरूद्वारा सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
संस्थाले चालू आर्थिक वर्षमा थप शेयर जारी गरी रु. १,८०,००,०००।— पुँजी पु¥याउने लक्ष लिएको अध्यक्ष लामाले बताए ।

प्रतिक्रिया दिनुहोस !