• नमोबुद्ध संवाददाता

काभ्रे– यसपटकको निर्वाचन अघिको माहौललाई कलाकारहरुले राम्रैसँग तताए । देशभर विभिन्न नाट्य समुहले निर्वाचन शिक्षा र सचेतना सम्बन्धी नाटक ‘महादान’ मंचन गरिरहँदा काभ्रे र भक्तपुरमा भने सेलो नाट्य समुहले यही नाटकलाई रोचक र घोचक तरिकाले प्रस्तुत गर्यो ।

कमेडी शैलीमा ढालिएको नाटकमा दर्शकहरु पेट मिची मिची हाँस्थे । नाटकमा डाँडामा चढेर सबैलाई खबर गरेको दृष्यमा सेलोका कलाकार सन्तोष तामाङ (गोले बोन्बो)ले अर्को साथीको ढाड उक्लिँदै गर्दा प्रायः दर्शकले हाँसोको फोहरा छुट्टाए ।

काभ्रेमा स्थानिय तामाङपन र भक्तपुरमा स्थानिय नेवारपनमा ढालिएको नाटकको अर्को रोचक दृष्य थियो मास्टरनी नानी र गाउँले बिचको चियापान र भेटघाट । यो दृष्यमा साँच्चिकै चियाको कप प्रयोग नगरी माइम शैलीमार्फत हातको र मुखको हाउभाउबाटै चिया खाएको दृष्य प्रस्तुत भइरहँदा पनि दर्शक निकै हाँसे । यसमा अभिनेत्री शान्ति वाइवा र अभिनेता विजय टुबाले मनछुने प्रस्तुति दिएका थिए ।

‘प्रशिक्षकको भुमिकामा विजय टुबाले मतपत्र देखाउँदै बदर नहुने गरि भोट हाल्ने तरिका सिकाउँदै गर्दा अर्की अभिनेत्री सृष्टि भण्डारीले ‘लिपिस्टक’ मा भोट हाल्ने भन्दै गरेको हाउभाउ निकै रोचक थियो । नाटक सकेपछि दर्शकहरु भन्थे, ‘मोरीले हसाँउनु हँसाई ।’

यसपछिको रोचक दृष्य थियो मतदाता शिक्षा प्रशिक्षकले गाउँको चौतारामा मतदान सम्बन्धी सिकाइरहेको सन्दर्भ । प्रशिक्षकको भुमिकामा विजय टुबाले मतपत्र देखाउँदै बदर नहुने गरि भोट हाल्ने तरिका सिकाउँदै गर्दा अर्की अभिनेत्री सृष्टि भण्डारीले ‘लिपिस्टक’ मा भोट हाल्ने भन्दै गरेको हाउभाउ निकै रोचक थियो । नाटक सकेपछि दर्शकहरु भन्थे, ‘मोरीले हसाँउनु हँसाई ।’

दर्शकलाई हँसाउँदै महत्वपुर्ण शिक्षा दिन यस्तो कमेडी शैली अपनाइएको सेलो थिएटरकी संयोजक शान्ति वाइबाले बताइन् । सेलोले यसपटक काभ्रेको बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध, पाँचखाल, तेमाल, चौरी देउराली, भुम्लु, महाभारत, बेथानचोक, खानीखोला, मण्डन देउपुर, रोशी गरि सबै स्थानिय निकायमा नाटक मंचन गर्यो । भक्तपुरमा पनि ठिमी, भक्तपुर, सुर्यविनायक र चाँगु गरि चारवटै नगरपालिकामा नाटक मंचन गरेको सेलोका कार्यक्रम प्रमुख जगत तामाङले जनाए ।

निर्वाचन आयोग र सांस्कृतिक संस्थानसँग मिलेर गरेको नाटकमा शान्ति वाइबा, सन्तोष तामाङ (गोले बोन्बो), विजय टुबा, सृष्टि भण्डारी, विन्दा तामाङ, प्रेम गोले लगायतले अभिनय गरेका थिए । नाटक मंचन निकै प्रभावकारी रहेको कार्यक्रम प्रमुख तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस !