सन् १९९४ मा जापान पुगेका ईलामका गोविन्द मैनाली एक महिलाको हत्या आरोपमा आजिवन कारावासको सजाय पाई बिगत १५ वर्षदेख जेल जीवन बिताउदै आएका ४५ वर्षीय मैनालीको मुद्दा पुनरावलोकन हुने भएको छ । अदालतमा पेश गरिएको डिनए परीक्षणको नयाँ रिपोर्ट बाट मैनाली निर्दोष पाइएकाले पुनरावलोकनको फैसला सुनाएको जापानका सञ्चार माध्यमले जनाएका छन् । दोषी ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएपछि मैनालीले डिनएको पुनर्परीक्षणको माग गर्नू भएको थियो ।
सन् १९९७ मा टोक्यो ईलेक्ट्रिक पावर कम्पनीमा काम गर्ने जापानी महिला यासुको वातानाबे हत्याको आरोपमा मैनालीलाई आजिवन काराबासको सजाय सुनाईएको थियो ।