राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सुर्यबहादुर थापाले संविधानसभा पुनस्थापना हुनै नसक्ने वताउनु भएको छ । थापाले माओवादीले एकलौटि रुपमा संविधानसभा विघटन गरी निर्वाचनको घोषणा गरेकोले निर्वाचन हुन नसक्ने ठोकुवा गर्दै सरकार एकांकी भएर अस्थितरता फैलाउन लागेकोले निर्वाचन असम्भव रहेको बताए । उनले सरकार आफै निर्वाचन प्रति प्रतिबद्ध नभएको समेत दावी गरे । उनले द्धन्द्धबाट आएको शक्तिले चार वर्ष पछि संविधान नै नबनी संविधानसभा विघटन गर्नु रहस्यमय भन्दै संविधानसभा विघटनको पोष्टमार्टम गर्नु पर्ने बताए ।संविधानसभा विघटन पछि पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले राजामा कार्यकारी अधिकार रहेकोले प्रतिनिधि सभा पुर्नस्थापना भएको स्मरण गर्दै अहिले को सँग कार्यकारी अधिकार छ र पुर्नस्थापना गर्ने भनि प्रश्न गरे । उनले राष्ट्रपतिले संविधानसभा पुर्नस्थापना गर्न नसक्ने समेत दावी गरे । कुनै पनि कदम चाल्नु अघि राष्ट्रपतिले राम्रोसँग सोचविचार गर्नुपर्नेमा जोड दिँदै उहाँले ठूला दलका नेताहरुलाई जनतासँग माफी माग्न पनि आग्रह गर्नुभयो । मुलुकमा फेरि पनि सहमतिको विकल्प नभएको भन्दै थापाले दलहरुको आ आफ्नो अडानले मुलुकमा द्धन्द्धामात्र बढाउने खतरा औल्याए ।