मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टीका बरिष्ठ नेता शरदसिह भण्डारीलाई पार्टीको नीति र निर्णय विपरित सरकार विरुद्ध काग्रेस र एमालेसँग गठबन्ध गरेको , चुनाव गर्ने सरकारको निर्णय विरुद्ध राष्ट्रपतिसमक्ष गएर लविङ गरेको, पार्टीमा गुटबन्दी गरेको र संघीयता विरोधी सँग साठगाठ गरेर संघीयतालाई कमजोर बनाउन लागेको लगायतको आरोप लगाउँदै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । फोरम लोकतान्त्रिकको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले अनुशासन समितिको सिफारिसमा भण्डारीलाई निष्कासन गरेको हो । बैठकपछि अध्यक्ष विजयकुमार गच्छदारले संघीयता र पार्टी विरुद्ध लाग्ने सबैलाई कारवाही गर्ने स्पष्ट पार्दै भोली पुन बस्ने बैठकले त्यस्तालाई कारवाही गर्ने स्पष्ट पारे ।