चार दिनअघि वीरगन्ज रानिघाटका लागू औषधका कारोवारी प्रमोद भनिने हीरालाल सरार्फ सँग रु ४० हजार लिई उनलाई छाड्ने प्रहरी जवानहरु बीरेन्द्र सिंह, सूर्य प्रसाद कान्डू र शिवशंकार चाईं लाई प्रहरी सेवाबाट मंगलबारकै मितिबाट निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायक उपरीक्षक रबिन्द्र केसीले जानकारी दिनु भएको छ । सामान लिने बाहानामा गणबाट निस्किएका प्रहरी जवानहरुले वीरगन्जको एक होटलमा सरार्फसँग मोलमोलाई गर्दै गर्दा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसंधानको टोलीले रंगेहात पक्राउ गरी उनीहरलाई हिराशतमा राखी आवश्यक अनुसन्धान गर्दा दोषी देखिएका कारण प्रहरी नियम अनुसार सेवाबाट मुक्त गरिएको पर्साका प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जानकारी दिनुभएको छ । उनीहरुलाई सेवाबाट मुक्त भएको चिठी सहित मंगलबार नै हिराशत मुक्त गरिएको छ ।