चिया प्रशोधन कारखाना र चियाको गुणस्तर अनुगमन गर्न इलाम पुगेका अमेरिकी व्यापारीहरुले नेपाल सरकारलाई चिया निर्यातको रणनीति बनाउन सुझाव दिदै आफुहरु नेपालमा उत्पादित अर्थोडक्स चिया अमेरिकासहित विश्व बजारमा लैजान आफूहरु तयार रहेको बताएका छन् । इलामको चियाको प्रवद्र्धनका लागि अमेरिकी टी एसोसिएशनबाट आएको १० जना ब्यापारीको टोलीले गोर्खा टी स्टेट र ग्रीन एण्ड स्पेशियालिटी प्रालिको चियाको गुणस्तर जाँच पश्चात नेपाली चियामा उच्च गुणस्तर रहेको भन्दै नेपाली चिया विश्व बजारमा लैजान उपयुक्त रहेको बताएका छन् । विदेशमा नेपालको तयारी अग्र्यानिक चिया गुणस्तर अनुसार प्रतिकिलो सात सय डलरसम्ममा बिक्री हुने गरेको छ । जर्मनी, बेलायत, फ्रान्स र जापान लगायत अन्य युरोपियन देश हरुमा निर्यात हुने गरेको भएपनि नेपाली तयारी अर्थोडक्स चिया अहिलेसम्म अमेरिकामा निर्यात भएको थिएन । विदेशमा नेपालको तयारी अग्र्यानिक चिया गुणस्तरअनुसार प्रतिकिलो सात सय डलरसम्ममा बिक्री हुने गरेको छ ।