अमेरिकामा छरिएर रहेका नेपाली व्यवसायीहरुलाई एकीकृत गर्ने, लगत तयार पार्ने, नेपाली व्यवसायीबाट अमेरिकामा गरिएको लगानीका रुपरेखा तयार पार्ने र असंगठित रुपमा रहेका नेपाली  व्यवसायीहरुलाई एउटै छातामुनि ल्याएर उनीहरुको हक अधिकारका लागि ठोस प्रभावकारी कदम चाल्न अमेरिकामा रहेका नेपाली व्यवसायीहरुले अमेरिका नेपाल व्यवसायी संघ गठन गरेको छ अप्रिल २९ तारिखका दिन सम्पन्न बैठकले नेपाली व्यवसायीहरु एकताबद्धरुपमा अघि बढ्नका लागि व्यवसायी मोहन ज्ञवाली (एभरेस्ट नेल्स) न्यूयोर्कको अध्यक्षतामा २१ सदस्यीय तयारी समिति गठन गरेको छ ।उक्त समितिको उपाध्यक्षमा सानुबाबु सिलवाल (सप एण्ड सेभ) नर्थ क्यारोलिना, सचिव प्रकाश थापा (माउन्टेन टे«ड लिंक) न्यूयोर्क, कोषाध्यक्षमा कुगां शेर्पा (म्यानहाटन एसोसरी ग्रुप) न्यूयोर्क र सदस्यहरुमा अनिल वाग्ले (पर्सनल टच) इण्डियाना, केदार श्रेष्ठ (पिंकी नेल्स एण्ड स्पा) कनेक्टिकट, सन्तोष पहाडी (जय नेपाल इन्भेष्टमेन्ट) जर्जिया, वेदप्रसाद खरेल (बुद्ध नेल्स एण्ड स्पा) न्यूयोर्क, प्रेमकाजी श्रेष्ठ (एभरेष्ट रेष्टुरेण्ट) कोलोराडो, विमल मोक्तान (तेरिसनग्रिल) पेन्सलभेनिया, निजानन्द मल्ल (चिनियाखर्क) फ्लोरिडा, डा. विनोद शाह (ज्याक्सन हाइट मेडिकल सेन्टर) न्यूयोर्क, रविन्द्र पाण्डे (सेभेन इलेभेन) क्यालिफोर्निया, धर्म भट्टराई (कुइजनोजसब) मिचीगन, शशी अधिकारी (माउन्टेन फुड मार्ट) केन्टकी, सचिन थापा (थापा कर्पोरेसन) ओरिगन, मोहन गुरुङग (द एभरेष्ट किचन) वासिङ्टन, नरेन्द्र बराल (सिल्भर एण्ड सच ज्वेलरी शोप) साउथ क्यारोलिना, बिना मैनाली (मैनाली कर्पोरेसन) टेक्सास, इन्दिरा खनाल (यती वायरलेस) इलिनोइस, हजुरी सिंह (सप एण्ड सेभ) म्यासाच्युट रहेका छन् । हाल संघमा विभिन्न स्टेटबाट ११५ व्यापारिक फर्महरुले सहभागिता जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !