बिरेन्द्र बहादुर सुनार

अबुधावीमा बंगालीको आक्रमणबाट ५ नेपालीको हत्या, १५ भन्दा बढी गम्भीर घाइते  | यस घटनालाई आबुधाबी पुलिस ले बाहिर प्रकासित गर्न कुनै अनुमति दिएको छैन कुनै आधिकारिक कुरा नबताएको छ .  युएई – युएई स्थित आबुधाबी शहरको पश्चिम भेगमा रहेको हफ्सन-५ साईट हुन्डाई कम्पनिमा कार्यरत ३०० जति नेपालीहरुको समुहलाई हजारौँको संख्यामा क्याम्प क्याम्पमा आई बंगालीहरुको समुहले अर्क्रमण गर्दा कम्तिमा ५ नेपालीको ज्यान गएको र १५ भन्दा बढी गम्भीर घाइते भएको समाचार प्राप्त भएको छ । साथीहरुको जानकारी अनुसार गत शुक्रबार रातको ९ बजे पश्चात एक्कासी उनीहरु आई कोठा कोठामा रहेका नेपालीहरु माथि निर्मम तरिकाले सांघातिक हमला गरेका थिए ।
एक हप्ता अघि एक बंगालीको मृत्यु भएको र उक्त मृतकको हत्या नेपालीले गरेको आशंकामा उक्त आक्रमण भएको थियो । अबुधावीवाट पाएको जानकारी  अनुसार उक्त आक्रमणलाई रोक्न यहाँको प्रशासनलाई सयौंको संख्यामा प्रहरी खटाउनु परेको थियो भने नाइट भिजन हेलिकप्टर सम्म प्रयोग गर्नु परेको थियो। प्रारम्भिक जानकारी अनुसार ५ जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएता पनि मृतकको संख्या अझ बढी हुन सक्ने र घाइतेहरुको अवस्था पनि गम्भीर भएको र घटना स्थलबाट आबुधाबी प्रहरीले नेपालीहरुलाई शुरक्षा दिई रातभर बालुवामा बस्नु परेको साथै बिहानै आ-आफ्नो काममा गई हाल अन्तै बस्नु परेकोले मृतक तथा घाइतेहरुको संख्या अझै ठ्याक्कै भन्न नसकिएको उनीहरुको भनाइ छ ।
उक्त घटनाको बारेमा नेपाली राजदुतावासलाई जानकारी गराई सकेको र राजदुतावासले पनि हुन्डाई कम्पनि संग तुरुन्तै सम्पर्क गरि जानकारी लिने काम गर्ने र आवस्यक कार्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस !