दक्षिण कोरियाले ई. स. २००७ मा ईपिएस सम्झौता मार्फत नेपाली कामदारहरु भित्रयाउन शुरु गरेपछि नेपालीहरुको श्रमको गन्तब्य बन्दै गैरहेको दक्षिण कोरियामा ई. स. २०१२ मा भने ८ हजारको हाराहारीमा मात्र नेपाली कामदार दक्षिण कोरिया आउने भएका छन । यस वर्ष फ्रेबुअरी देखि नेपाली कामदारहरु हरेक हफ्ता २०० को हाराहारीमा दक्षिण कोरिया आईरहेको र जुन अन्तिम सम्ममा ४ हजार आईपुग्ने नेपाली दुताबास दक्षिण कोरियाले जानकारी दिएको छ । भाषा परिक्षामा सहभागी करिब ४० हजार नेपाली मध्येबाट १५ हजार २ सय ९८ जना उतिर्ण भएकोमा उतिर्ण सबै परीक्षार्थीलाई कोरियाले ल्याउने आशा गरिएको मा यो वर्ष आधा जति मात्र आउने भएपछि यो नै अर्को वर्षमा आउने नआउने भन्ने अन्योल बढिरहदा नेपाल स्थित ईपिएस कार्यलयले भने यस वर्ष कोरियन भाषा परिक्षा नहुने जनाएको छ । पछिल्लो समयमा सानो कुराको कारण पनि कम्पनी परिवर्तन गर्ने, कम्पनी परिवर्तन गर्न उक्साने प्रवृति भएका व्यक्तिहरुका कारण र अवैधानिक वस्ने अवस्थाका कारण केहि समस्या देखिए पनि नेपाली कामदारको माग दक्षिण कोरियामा धेरै रहेको नेपाली दुतावासका कायम मुकायम राजदुत राजाराम बर्तौलाले बताएका छन ।