काठमाडौबाट करीव ४० जना यात्रु बोकेर तातोपानी जाँदै गरेको यात्रुबाहक बस सिन्धुपाल्चोकको कोठेमा दुर्घटना । सुनकोशी नदीमा बस उतानो परेको अवस्थामा छ । तीन वटा शव नदीबाट बाहिर निकालिएको छ । १८ जना घाइतेलाई खाडीचौरको स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको छ । प्रहरी र स्थानीय बासिन्दा उद्धार कार्यमा खटिएका छन ।

प्रतिक्रिया दिनुहोस !