अभिनेत्री युना उप्रेती अमेरिकाको टेक्सास,डल्लासमा रहेका विकास अधिकारीसंग वैवाहिक जिन्दगीमा बाँधिएकी छिन् | आइतवार परम्परागत रुपले त्यहाँस्थित नेपाली मन्दिरमा युना र विकासले लगनगाँठो कसेका हुन् | विवाहमा सहभागी हुन् दुवैका केही निकट साथीहरु मात्र मन्दिरमा पुगेका थिए | जब पण्डितले वैवाहिक कार्यक्रम सुरु गरे तब विकास र युनाले एक अर्कालाई औंठी र माला साटासाट गरेर विवाहलाई औपचारिकता पुरा गरे | विवाह सम्पन्न भएपछि टेलिफोनमा संक्षिप्त कुरा गर्दै नवदुलही युनाले भनिन् ’सिमित साथीहरुबीच हामीले औंठी र माला साटेर विवाहको संस्कार पुरा गर्यौं | मन्दिरमा विवाह सकेर युना विकासको अर्धांगिनी भएर भित्रिईसकेकी छिन् जीव विज्ञानमा विद्यावारिधि गर्दै रहेका विकास डल्लासमा बसेर अध्ययनरत छन्
नो हनिमुन
यसैबीच अब हनिमुनका लागि के छ त योजना भनेर राखेको जिज्ञासाको जवाफ दिदैं युनाले भनिन्(’अहिले नै हामीले हनिमुनको कुनै योजना बनाएका छैनौं | उहाँको पढाई पनि चल्दैछ र नेपालबाट दुवैका बुवाआमा पनि आउने तयारीमा हुनुहुन्छ त्यसैले उहाँहरु आएपछि नै हामी समय मिलाएर हनिमुन जाने सोचमा छौ |