काठमाडौं–नेपाली साहित्य जगतमा पछिल्लो कृतिको रुपमा पाठकमाझ कवि तथा गीतकार सेमन्त वालाक्पा राईको मुक्तक संग्रह “आधेरीमा जून” प्रकाशित भएको छ ।

रत्न पुस्तक भण्डारले प्रकाशन गरेको ‘अँधेरीमा जून’ मा समावेश मुक्तकहरूमा गाउँघरको सम्झना, मातृभूमिप्रतिको प्रेम, परदेशको पीडा, सामाजिक विसङ्गति, जीवनका आरोह–अवरोह, प्रेम, विरह र मानवीय संवेदनाका विविध पक्षहरू मुखरित छन् ।

संग्रहमा छोटो संरचनाभित्र गहिरो भाव र जीवनका अनुभूतिलाई अभिव्यक्त गर्ने प्रयास गरिएको छ ।

संखुवासभाको खाँदबारी नगरपालिका–११, रातमाटेमा जन्मिएका र हाल बेलायतको मेडस्टोन, केन्टमा बसोबास गर्दै आएका राईको यो कृतिमा जीवनका विविध अनुभूति, सुख–दुःख, प्रेम, पीडा, सामाजिक यथार्थ, देश–विदेशका अनुभव तथा मानवीय संवेदनालाई मुक्तकका माध्यमबाट अभिव्यक्त गरिएको छ ।

लामो समय बेलायती गोर्खा सेनामा सेवा गरी अवकाश प्राप्त गरेपछि साहित्यिक सिर्जनामा सक्रिय बनेका राई गीत, गजल, कविता तथा मुक्तक लेखनमा समेत संलग्न रहँदै आउनुभएको छ । उहाँका विभिन्न गीतहरू रेकर्ड भइसकेका छन् भने नेपाली भाषा, साहित्य, संस्कृति र सिर्जनासँग प्रवासमा रहेर पनि उहाँको निरन्तर सम्बन्ध रहेको कृतिमा समेटिएका मन्तव्यहरूमा उल्लेख गरिएको छ ।

संग्रहमा २६४ ओटा मुक्तक समाविष्ट छन् ।

 

प्रतिक्रिया दिनुहोस !