काठमाडौं– नव वर्ष २०८३ को पूर्वसन्ध्यामा चर्चित सेलो गायक तथा संगीतकार विशाल काल्तानको लाइभ प्रस्तुती सहितको भव्य सांस्कृतिक साँझ हुने भएको छ । लाजिम्पाटस्थित रोयल नेपाल रोधी क्लबमा कार्यक्रम आयोजना हुने भएको हो ।

आगामी ३० चैत्र बेलुका ७ बजेदेखि सुरु हुने उक्त कार्यक्रममा चर्चित गायक विशाल काल्तानले लाइभ प्रस्तुति दिनुहुनेछ । काल्तानले आफ्नो दुई दशक लामो सांगीत यात्राका क्रममा स्रोता दर्शकको मनमुटुमा बस्न सफल तामाङ सेलो, लोकपप लगायत आफ्ना सांगीतिक सिर्जनाहरु प्रस्तुत गर्ने तय भएको छ ।

कार्यक्रममा दर्शकहरूले लाइभ तामाङ सेलोका साथै लोक दोहोरी, आकर्षक नृत्य, कमेडी शो, डिजे नाइट तथा काउन्टडाउनसहित ननस्टप मनोरञ्जन एवं भरपूर आनन्द लिन सक्ने क्लबका सञ्चालक सुनिल छेवाङ लामाले जानकारी दिनुभयो ।

नयाँ वर्षलाई स्वागत गर्ने क्रममा यस खालको कार्यक्रम आयोजना गरिएको उहाँको भनाई छ । यस नयाँ वर्ष विशेष कार्यक्रममा नेपाली मौलिक र आधुनिक सांस्कृतिक प्रस्तुतीको उत्कृष्ट समिश्रणले भरपुर मनोरञ्जन मिल्ने क्लबका सञ्चालक लामाले बताउनुभयो ।

यस पटकको नव वर्ष विशेष कार्यक्रम झनै भव्य, व्यवस्थित र स्मरणीय बनाउने आयोजकको तयारी छ । कार्यक्रमका लागि सिट सीमित रहेकोले समयमै अग्रिम बुकिङ गर्न समेत आयोजकले सम्पूर्ण दर्शकहरूलाई अनुरोध गरेको छ ।

रोयल नेपाल रोधी क्लबले पछिल्लो समय विविध सांगीतिक कार्यक्रमका साथै नेपाली मौलिक सांस्कृतिक प्रस्तुती मार्फत दर्शकहरूको विशेष आकर्षण बटुल्दै आएको छ ।

कार्यक्रमबारे यसो भन्नुहुन्छ काल्तान-भिडियो

प्रतिक्रिया दिनुहोस !