बिकेश लामा -काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका स्थित तेमाल पोखरी नारायणस्थानमा रहेको ऐतिहासिक स्वयम्भू बौद्ध स्तुपाको मर्मत कार्य सम्पन्न भएको छ। ऐतिहासिक स्वयम्भू बौद्ध स्तुपा छेईमेखाङ निर्माण समितिको आयोजनामा चैत पूर्णिमाको अवसरमा परम्परागत तेमाल जात्रा तथा विशेष पूजा–पाठ सम्पन्न गरिएको हो।

कार्यक्रममा प्रमुख लामा ङावङ दोर्जे लामा सहित स्थानीय भक्तजनहरूको सहभागिता रहेको थियो। यस अवसरमा त्रियान म्हाणिपा आमा समूहकी प्रमुख लामा सम्झना तामाङले पहिलो पटक आमाहरूको प्रतिनिधित्व गर्दै लुङता र्दजु राख्नुभएको थियो। साथै समाजसेवी देवबहादुर तामाङले समूहकि प्रमुख लामा सम्झना तामाङ्लाई धार्मिक सामग्री दोर्जे र डिल्बु हस्तान्तरण गर्नुभएको थियो। विस्तारै समूहका अन्य लामाहरुलाई पनि यस्तै सामाग्रीहरु सहयोग गर्दै जाने उहाँले बताउनु भयो ।

कार्यक्रममा डम्फुरे गीत तथा फपरे व्हाई प्रस्तुतिले जात्रालाई थप उत्साहपूर्ण बनाएको थियो।














