काठमाडौँ –भदौ २३–२४ को जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सरकारले शनिबार पक्राउ गरेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तत्काल रिहाई नहुने भएको छ ।
ओली लाई पनि सर्वोच्च अदालतले रिहा गर्न अस्वीकार गरेको छ । सोमबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेल को इजलासले हिरासतमुक्त गर्ने आदेश दिन अस्वीकार गरेको हो।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले तत्काल हिरासतमुक्त गर्ने आदेश माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
सर्वोच्चले सुनुवाइ गर्दै कारण देखाउन आदेश दिएको छ । रिट निवेदकको माग बमोजिम किन आदेश नदिने हो, त्यसको जवाफ दिन भनेको छ।
यसअघि आइतबार प्रहरीले जिल्ला अदालत, काठमाडौँबाट दुवै जनालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति पाइएसकेको थियो ।
भदौ २३–२४ को जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदनको आधारमा सरकारले शनिबार ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरिएको थियो।
साभार : नयाँ पेज














