शिशिर दोङ,धुलिखेल–३ कुतालको सामुदायको वातावरण शनिबार एकाएक शान्त,आध्यात्मिक र उत्साहपूर्ण बनेको थियो । कान्छीमाया तामाङ फाउन्डेसनले पहेंलो गुम्बा स्वयम्भुको सहयोगमा आयोजना गरेको बुद्धदेशना प्रवचनमा स्थानीय बालबालिका देखि बृद्ध बृद्धा सम्मको उपस्थिती रहेको थियो ।

दूर–दराजका बृद्ध बृद्धा, अशक्त र विपन्न परिवारहरूसँग प्रत्यक्ष भेटेर सहयोग गर्ने कामले संस्थालाई कुतालमा एउटा विश्वासको नाम बनाइदिएको छ।

सहभागी एक वृद्धा आमा भन्नुहुन्छ “हामी जस्ता गाउँघरका मानिसका लागि यस्तो ज्ञान सुन्ने मौका विरलै पाइन्छ आजको प्रवचनले मन हलुका भयो।”

समुदायलाई केवल भौतिक राहत मात्र होइन, मानसिक तथा आध्यात्मिक बल पनि आवश्यक भएको हुदा आफुहरुले पहेलो गुम्बाको सहयोगमा कुतालमा गुम्बा निर्माण गरिदिने अध्यक्ष थोकरले बताउनु भयो।

उहाँका अनुसार,“समुदायलाई स्थायी रूपमा आध्यात्मिक केन्द्र उपलब्ध गराउनु फाउन्डेसनको अर्को लक्ष्य समेत रहेको र गुम्बा निर्माणपछि कुतालमा नियमित रूपमा ध्यान, शिक्षा र सामुदायिक गतिविधि सञ्चालन गर्ने योजना रहेको समेत जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !