काठमाडौं–गत चैत १–३ गते काठमाडौंमा आयोजित हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलनका अवसरमा गठित हिमवत्खण्ड कला–साहित्य–संस्कृति मञ्च, अन्तर्राष्ट्रिय समितिको प्रथम तथा विशेष बैठक भारतको पश्चिम बंगाल राज्यको सिलिगुढीमा बस्यो ।

हिमवत्खण्डका सभ्यता, भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन आदि विषयको अध्ययन–अनुसन्धान, खोज–अन्वेषण गर्ने तथा त्यससम्बन्धी गोष्ठी, सेमिनार, सम्मिलन आदि आयोजना तथा प्रकाशन गर्ने उद्देश्यले गठित मञ्चको बैठक अध्यक्ष डा. विजय सुब्बाको अध्यक्षतामा बसेको हो ।

बैठकले बैरागी काइँला, गंगाप्रसाद उप्रेती, केके कर्माचार्य, डा। तुलसी भट्टराई, हरिहर शर्मा (नेपाल), प्रा.डा. गंगाप्रसाद प्रसाई, प्रा।डा। दिवाकर प्रधान, विन्द्या सुब्बा (भारत), भारती लिम्बू (थाइल्यान्ड), ठाकुरप्रसाद गुरागाईं (म्यानमार), प्रा. पुष्पा शर्मा र केएन शर्मा (सिक्किम) र ठाकुरसिं पौडेल ९भुटान० लाई मञ्चको सल्लाहकारमा मनोयन गर्ने निर्णय गरेको छ ।

यसै गरी उक्त बैठकले प्रा. जगत्प्रसाद उपाध्यायलाई मञ्चको सदस्य सचिव चयन गरेको छ भने नेपालबाट शशी लुमुम्बू, अशोककुमार राई र फूलमान वललाई सचिवालय सदस्य मनोनयन गरेको छ । यसै गरी सिलिगुढीबाट मिलन रुचाल, ज्ञानेन्द्र खतिवडा, देविका मंग्राती राई, डा. सञ्जय बान्तावा, डा. सुकराज दियाली, जय क्याक्टस, खेम सापकोटा र देवराज शर्मालाई मञ्चको सदस्यमा मनोनयन गरेको छ ।

यसै गरी दार्जिलिङबाट डा. जोगेन दर्नाल, योगिता राई, सुकराज मोक्तान, कमल रेग्मी, किशन प्रधान, मिरिकबाट विजय बान्तावा कैलाशी, अजम प्रधान, खर्साङबाट डा. योगेश खाती, प्रकाश प्रधान, विनोद रसाइली, कालेबुङबाट मुनु गौतम, डुवर्सबाट मननारायण प्रधान, अजय खड्का र अविर खालिङ, सिक्किमबाट उषा शर्मा, विजयकुमार सुब्बा, लाहाङ सुब्बा, पवित्रा भण्डारी, प्रविण खालिङ, पेमा तामाङ र सूर्जे प्रधान, मणिपुरबाट राहुल राई बोगिको, दीपक पन्त, होमनाथ चापागाईं, देहरादुनबाट ले.क. भूपेन्द्रसिंह छेत्री, असमबाट डा। देवेन सापकोटा, पुरुषोत्तम दाहाल, पुष्पधर शर्मा, बद्री गुरागाईं, रण काफ्ले, विष्णु शास्त्री, षडानन्द शर्मा, नैना अधिकारी, पूजा आचार्य, रुद्र बराल, नयाँ दिल्लीबाट धर्मराज थापा, रामकुमार कार्की, काशीबाट डा. अमित थापा, प्रा. पिके लामा, मेघालयबाट रोशन भण्डारी, भुटानबाट छत्रपति फुयाल, खेमराज शर्मा, थाइल्यान्डबाट ओमप्रकाश न्यौपाने, दीपा राना र चीनबाट चेतनाथ आचार्यलाई मञ्चको सदस्यमा मनोनयन गरिएको छ ।

उक्त बैठकले डा. विजय सुब्बाको अध्यक्षतामा मञ्चको नेपाल समिति र डा. खगेन शर्माको अध्यक्षतामा भारत समिति गठन गर्ने निर्णय गरेको छ । अन्य देशमा क्रमशः समिति गठन गर्दै जाने बैठकले निर्णय गरेको छ । बैठकले ‘हिमवत्खण्ड’ नामक जर्नल र ‘हिमवत्खण्ड’ नामकै अर्धवार्षिक साहित्य–कला तथा संस्कृतिप्रधान पत्रिका प्रकाशन गर्ने निर्णय गरेको अध्यक्ष डा. विजय सुब्बाले जानकारी गराए ।

डा. सुब्बाका अनुसार आगामी कात्तिक ८ गते शनिबार भारतको सिलिगुढीस्थित देवकोटा संघमा बस्ने छ र उक्त बैठकले आगामी सम्मिलन कहाँ गर्ने भन्ने तय गर्नुका साथै अन्य महत्वपूर्ण निर्णयहरूसमेत गर्नेछ ।

गत शनिबार भएको बैठकमा मञ्चका सह–संयोजक भारतको असमबाट डा. खगेन शर्मा, सदस्यहरूमा सिक्किमबाट डा.कविता लामा, डा. टेकबहादुर छेत्री, दार्जिलिङबाट डा.राजकुमार छेत्री, असमबाट डा.ज्ञानबहादुर छेत्री, प्रा. भवानीप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

यसै गरी उक्त बैठकमा नेपालबाट प्राज्ञद्वय शशी लुमुम्बू र अशोककुमार राईको उपस्थिति रहेको थियो भने मिरिकबाट अजम प्रधान, विजय बान्तवा कैलाशी, सिलिगुढीबाट मिलन रूचाल, देविका मंग्राती राई, जय क्याक्टस र सुधा राईको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस !