
काठमाडौं–नेपाल तामाङ संस्कृति घेदुङको सातौं महाधिवेशन राजधानीमा शनिबार सम्पन्न भयो । महाधिवेशनको बन्द सत्रले अध्यक्ष पदमा पुनः निर्विरोध रुपमा छेवाङ तेन्जिङ लामा तामाङलाई निर्वाचित गरेको छ ।
संस्कृति घेदुङको वरिष्ठ उपाध्यक्षमा सरोज याङ्जो लामा,उपाध्यक्षमा दोर्जे तामाङ,उपाध्यक्ष (महिला) मा रञ्जना मोक्तानले जिम्मेवारी पाउनुभयो ।
महासचिवमा रामकृष्ण लो तामाङ,उपमहासचिवमा विशाल योन्जन,सचिबमा विजय रुम्बा,सचिब (महिला) मा विपना लामा र कोषाध्यक्षमा योजम तामाङलाई चयन गरिएको छ ।
संघीय सदस्यहरुमा अमिर कुमार लामा दोङ,प्रभात लो,हरिलाल तामाङ,प्रयास तामाङ,विक्रम तामाङ,सुर्य तामाङ,रेशम कुमार स्याउली,कीर्तिमान तामाङ,लक्ष्मी तामाङ,श्री लामा तामाङ,बुधमाया तामाङ,दिलकृष्ण तामाङ,गंगामाया तामाङ ,प्रमिला घलान लगायत रहनुभएको छ ।
प्रेम लो तामाङको अध्यक्षतामा गठित नेपाल तामाङ घेदुङ सूचना संचार तथा प्रकाशन बिभागका प्रमुख तिर्थमान बल,तामाङ ह्रुइबा तथा वंशावली बिभागका प्रमुख दिनेश कुमार लो सदस्य रहेको निर्वाचन मण्डलले बन्दसत्रमा सहभागि प्रतिनिधिहरुको भावना अनुरुप सर्वसम्मत रुपमा कार्यसमिति चयन गरिएको स्पष्ट पारिएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हित बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको महाधिवेशनको उद्घाटन सत्रमा उहाँले तामाङ समुदायमा सांस्कृतिक पुर्नजागरण ल्याउन संस्कृतिकर्मीहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो ।
विशिष्ट अतिथि पूर्व मन्त्री दावा तामाङले पनि तामाङ सभ्यता,संस्कृति,पहिचानको पक्षमा सबै संस्कृतिकर्मीहरु यसरी नै संगठित हुनुको अर्थ महत्वपूर्ण हुने बताउनुभयो ।
महाधिवेशन कार्यक्रममा नेपाल तामाङ घेदुङका सह अध्यक्ष कुमार घिसिङ,सचिव बेल बहादुर लुङ्बा,नेपाल तामाङ घेदुङ सूचना संचार तथा प्रकाशन बिभागका प्रमुख तिर्थमान बल,तामाङ ह्रुइबा तथा वंशावली बिभागका प्रमुख दिनेश कुमार लो लगायतले पनि मन्तव्य राख्नुभएको थियो ।