काभ्रेपलाञ्चोक -सिटिजन लाइफ इन्सुरेन्सले घातक रोग अन्तर्गत बहिरोपन भएको रोशी ११ घर भइ बनेपा नगरपालिका वडा नं. ६ बसोबास गर्दै आएका विमित कृष्णमान तामाङलाई घातक रोग उपचार खर्च वापत ५ लाख ९ सय ५९ रुपैयाँ उपलब्ध गराएको छ ।

मङ्गलबार बनेपा शाखामा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै कम्पनीले पीडितलाई चेक हस्तान्तरण गरेको हो ।

सुरुमा स्वस्थ रहेका कृष्णमान तामाङले १५ वर्ष अविधिको बिमा गरेको तर ६ वर्षको प्रिमियम रकम तिरिसक्दा अकस्मात कान नसुन्ने रोग लागेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सिटिजन लाइफ इन्सुरेन्सका प्रमुख व्यवसाय अधिकृत सुनिल पोखरेलले सिटिजन लाइफ बिमा र भुक्तानी प्रणालीको बारे जानकारी गराउनुभयो । उहाँले यससँगै २० वटा घातक रोग लागेबापत कम्पनीले उपचार खर्च प्रदान गर्दै आएको बताउनुभयो ।

क्यान्सर, मृगौला फेल, ओपन हर्ट सर्जरी, जलन लगायतका समयस्या भएमा बिमितलाई सम्झौता बमोजिमको रकम उपलब्ध गराउने उहाँको भनाइ छ । उहाँका अनुसार अधिकतम् ५० लाख सम्म दिने व्यवस्था रहेको छ ।

सिटिजन लाइफ इन्सुरेन्स बनेपा शाखा प्रमुख ओहमराज तामाङले बिमाले मृत्यु भएपछि मात्र भुक्तानी दिन्छ भन्ने भाष्य गलत भएको बताउनुभयो । ढुक्क भएर सिटिजन लाइफ मार्फत बिमा गर्न तामाङले अनुरोध गर्नुभयो ।

घातक रोग अन्तर्गत कान नसुन्ने भएकोले दाबी भुक्तानी वितरण गर्न लागिएको सिटिजन लाईफ बनेपाका एजेन्सी मेनेजर अशोक बुद्ध लामाले जानकारी दिनुभयो । बिमा झण्झटिलो भन्ने गरिए तापनि कागजात पेश गरेको १ हप्ता भित्रै भुक्तानी बिमितले प्राप्त गर्नुभएको लामाले जानकारी दिनुभयो । एजेन्सी मेनेजर लामाका अनुसार बिमा अपरिहार्य, अनिवार्य बचत र जोखिम बहन हो ।

कार्यक्रममा पीडितकी धर्मपत्नी गुणमाया तामाङले बिमा गर्दा आफूलाई र परिवारलाई सहायता प्राप्त भएकोमा खुसी व्यक्त गर्नुभयो । आवश्यक कागजात पेस गरेको छोटो समयमा नै दाबी भुक्तानी प्राप्त गर्न सकेको तामाङको भनाइ थियो । आफूले एजेन्सी मेनेजर अशोक बुद्ध लामा मार्फत बिमा गरेको र पतिको कानमा पूरै समस्या हुँदा सहज भुक्तानी प्राप्त गर्न सकेको अनुभव सुनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !