काभ्रे । नेकपा एमाले भुम्लु गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर लामा सर्वसम्मत चयन भएका छन् । गाउँपालिका कमिटीको दोस्रो अधिवेशनबाट लामालाई सर्वसम्मत चयन गरिएको हो ।

यस्तै उपाध्यक्षमा भरतबहादुर शिवभक्ति, सचिवमा रमन तामाङ, उपसचिवमा अष्ट बहादुर श्रेष्ठ र शुशिला कुँवर निर्वाचित भएका छन् । अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका पोलिट्व्युरो सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बाँस्कोटाले मुलुक समृद्धिको परिकल्पनाकार एमाले भएको बताए । जनताको सपना पुरा गर्नेगरी विकास निर्माणका काममा केन्द्रित हुन उनले नेता कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा एमाले काभ्रेका अध्यक्ष राजन भुर्तेल, उपसचिव रत्नकुश रञ्जितकार, सुर्यमाया दनुवार लगायत नेता कार्यकर्ताको सहभागीता थियो ।

प्रतिक्रिया दिनुहोस !