वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अस्थिर र फोहोरी राजनीतिलाई समाप्त पार्न कांग्रेस एमालेको सरकार बनेको बताएका छन् ।

आइतबार पर्साको प्रसौनीमा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा रहेका बेथिति र अस्थिरतालाई हटाउनु यो सरकारको उद्देश्य रहेको बताएका हुन् । उनले एमाले–कांग्रेसको संयुक्त सरकारले नै मधेस र देशको विकासको गति अघि बढाउने बताए ।

उनले आगामी २०८४ को निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्ने र त्यसका लागि नेता कार्यकर्तालाई आजदेखि लाग्न निर्देशन दिए । उनले मधेशका नेताहरूले संविधानको धाराधारामा राजनीति गरेर जनता अलमल्याइरहेको आरोप लगाए ।

प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डप्रति लक्षित गर्दै अब म्याजिक नम्बरको धक्कु लगाउनेहरुको राजनीति पनि सकिएको बताए । एमाले सरकारमै रहेका बेला प्रचण्डले आफूहरुसँग म्याजिक नम्बर रहेको र पाँचै वर्ष सरकारको नेतृत्व गर्ने अवस्था आउने बताएका थिए । प्रचण्डले यस्तो अभिव्यक्ति दिएको केही दिनमै प्रचण्ड नेतृत्वको सरकार ढलेर कांग्रेस एमालेको सरकार गठन भएको हो ।

प्रतिक्रिया दिनुहोस !