हेटौंडा–संघीय सरकारको नेतृत्वकर्ता नेकपा एमालेको समर्थनमा बागमती प्रदेशमा हालै नियुक्त हुनुभएका मुख्यमन्त्री बहादुरसिंह लामाले आउने मंगलबार विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

लामाले मुख्यमन्त्रीमा नियुक्त भएको सातौं दिन यही साउन १५ गते विश्वासको मत लिनुहुने भएको हो । यसका लागि साउन १५ गते दिउँसो ३ बजेका लागि प्रदेश सभाको बैठक आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसद पक्षमा भए पुग्छ । बागमती प्रदेश सभामा सत्ता गठबन्धनमा रहेका दल कांग्रेससँग ३७ र एमालेसँग २७ गरी कूल ६४ सांसद छन् । यो विश्वासका मतका लागि पर्याप्त हो ।

नेपालको संविधानको धारा १६८ को (४) तथा प्रदेश सभा नियमावली २०७४ को (१) मा भएको व्यवस्था अनुसार विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस !