काभ्रेपलाञ्चोक-काभ्रेको तेमाल वडा नम्बर ३ कुँडवालबाट मंगलबारदेखि हिमाल तराई यातायातले काठमाण्डौ सम्मको रुट बनाएर बस सेवा सञ्चालनमा ल्याएपछि स्थानिय खुसी भएका छन् ।

हाल सिधै काठमाडौको नारायणटार,बौद्ध,चाबहिल,गौशाला,भक्तपुर,बनेपा बसपार्क,भकुण्डे,घिम्दी, तेमाल नारायणस्थान,माहुरे भञ्ज्याङ् ,चेप्टेढुंङा हुदै कुँडुवाल सम्मको रुट तय गरी हिमाल तराई यातायातले बस सेवा सञ्चालनमा ल्याएका हुन्।

स्थानीयको समस्यालाई मध्यनजर गर्दै बिहान ६ः३० बजे काठमाडौ र तेमालको कुँडुवाल बाट बस छुट्ने समय निर्धारण गरेको तेमाल गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष विष्णु बहादुर तामाङले जानकारी दिनुभयो ।

वडा अध्यक्ष विष्णु बहादुर तामाङको पहलमा स्थानीय जनताको समस्यालाई मध्यनजर गरेर बस सेवा सञ्चलानमा ल्याईएको हो । हिमाल तराई यातायात पुगे संगै दुई रुट बाट यातायात सेवा सञ्चालनमा आएको हो । अँगानबाट सिधै काठमाडौं पुग्न थालेपछि स्थानीयको मुहारमा खुसी छाएको छ ।

यसअघि कुँडुवाल,डाँडागाउँ,चुखा,लामागाउँ,आधबाट बोहोरे दोभान हुँदै बनेपा सम्म अरनिको यातायात सन्चालन भैइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !