काभ्रे तेमाल गाउँपालिका वडा नं ९ का बामपन्थी नेता मान बहादुर वाइवा नेकपा एमालेमा प्रवेश गर्नु भएको हो । सोमबार काठमाण्डौमा एक कार्यक्रमका वीच उहाँ पार्टी प्रवेश गर्नुभएको हो ।

नेकपा एमाले तेमाल गाउँपालिका कमिटीका उपसचिव सुरेन्द्र तामाङले दिनुभएको जानकारी अनुसार नेकपा एमाले प्रदेश कमिटी सचीवलय सदस्य एवं माननीय सांसद ज्ञान बहादुर तामाङ, प्रदेश कमिटी सदस्य इन्द्र तामाङ,प्रदेश कमिटी सदस्य जेनिश लामा,प्रदेश कमिटी सदस्य नोर्बू लामा लगाएतले स्वागत गर्नु भएको थियो ।
२०३९ सालमा श्री कुशेश्वर मावि दुम्जामा ६ कक्षामा अध्ययनको क्रममा नै कम्युनिष्ट आन्दोलनमा होमिएका नेता वाइबा २०४२ साल र २०४५ सालमा जेल जीवन बिताउनु भएको थियो । साथै माओवादीले सुरु गरेको १० बर्षे जनयुद्धको क्रममा भूमिगत आन्दोलनमा रहदा २०५८ सालमा समेत जेल पर्नु भएको थियो । ३ बर्ष जेल जीवन विताउनु भएका वामपन्थी नेता वाइबा नेकपा माओबादी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु भएको हो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य नरध्वज तामाङ,जिल्ला कमिटी सदस्य सुरेश कुमार दोङ तेमाल गाउँपालिका कमिटीका उपाध्यक्ष सिंग बहादुर दोङ,तेमाल गाउँ पालिका कमिटी उपासचिव सुरेन्द्र दोङ,काभ्रे काठमाडौ सम्पर्क मन्चका कोषाध्यक्ष जगत तामाङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !