
-
अशोक बुद्ध लामा
काभ्रे–नमोबुद्ध नगरपालिका वडा नं ७ भकुण्डेबेशीको नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा क्रियाशिल प्रतिभापूर्ण बालक्लबले २१० औँ भानु जयन्तीको अवसरमा विद्यालयस्तरीय कविता लेखन तथा वाचन कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेको छ ।
जुनकिरी साहित्य अभियानका सचिव रबिन बिष्ट झस्नेहीञ र जनक माविको शिक्षक लवराज चिमौरिया निर्णायक रहेको यस प्रतियोगितामा जनक मावि अध्ययनरत छात्रा निशा बिक प्रथम,नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालमा अध्ययनरत छात्रा सरिना अधिकारी द्धितीय,जनक माविमा अध्ययनरत छात्र कपिल सत्याल र श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा वर्षा तिमल्सिना तृतीय हुनुभयो ।
बालक्लबको शिक्षक प्रतिनिधि विवेक कुमार तामाङका अनुसार प्रतिया्गितामा नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा अध्ययनरत छात्रा अनिशा ओझाले सान्त्वना स्थान हाँसिल गर्नुभयो ।
विजयी प्रतियोगीहरुलाई नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयकी प्रवन्ध निर्देशक तथा प्रतिभापूर्ण बालक्लबकी संरक्षक रीता सिग्देलले प्रमाणपत्र र मेडल प्रदान गर्नुभएको थियो ।
‘अग्रजलाई सम्मान र अनुजलाई प्रोत्साहन’ भन्ने मूल उद्धेश्यकासाथ आयोजित कार्यक्रम बालक्लबको कोषाध्यक्ष रुपक श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको हो ।