
काभ्रे–घरायसी प्रयोजन तथा सामाजिक कार्यहरुको लागि बनाउदै आएको दुना,टपरी बनाउने कामलाई ‘व्यवसायिक’ बनाउन नमोबुद्ध नगरपाालिकाले तालिम सञ्चालन गरेको छ ।
सालको पातबाट दुना,टपरी,बोता लगायत सामाग्री बनाउनको लागि नगरपालिकाले प्रविधि (मेसिन) भित्राएर वडा नं ३, ४ र ५ का १५ जना महिलालाई ४ दिनसम्म तालिम दिएको महिला,बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिनुभयो ।
तालिमको समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद शर्मा,नगर प्रवक्ता एवं वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी,वडा नं २ का अध्यक्ष कविराज श्रेष्ठ, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी,प्रमुख प्रशिक्षक कमला सुवेदी लगायतले स्थानीय स्तरमा पाइने सामाग्री र प्रविधीको प्रयोग गरेर व्यवसायिक उत्पादन गरी आयआर्जन गर्न र उत्पादनलाई निरन्तरता दिन अनुरोध गर्नुभयो ।