पाँचौ सम्मेलन भव्य भएको निश्कर्ष,
काठमाडौं-तामाङ समुदायको विश्वव्यापी साझा मञ्च अन्तर्राष्ट्रिय तामाङ परिषदले थाइल्याण्डको हुवाहिन शहरमा आयोजित पाँचौ अन्तर्राष्ट्रिय विश्व सम्मेलन भव्यताका साथ सम्पन्न भएको निश्कर्षसाथ सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ ।
जेठ २० र २१ गते सम्पन्न भएको सम्मेलन ३०० भन्दा बढि प्रतिनिधि,ताम्बा,बोन्बो लामा,बुद्धिजीवि,पत्रकार,अतिथिहरुको सहभागितामा उत्सवमय तवरले सम्पन्न गरेको परिषदले शुक्रबार प्रेस विज्ञप्तिमार्फत बताएको हो ।
थाइल्याण्डका साथै नेपाल भारत,बर्मा,अमेरिका,जापान,हङकङ,दक्षिण कोरिया,पोर्चुगल,युएई,बहराइन,रोमानिया सहित १२ देशका १६ सदस्य संस्थाहरुबाट प्रतिनिधि सहभागि सम्मेलनले ९ विषयगत समिति रहने संगठनात्मक व्यवस्था समेत गरेको उल्लेख छ । परिषदले विषय विज्ञहरु सम्मिलित समितिको व्यवस्था गरिएको जनाएको हो ।
परिषदले आफ्नो संगठनात्मक संरचनाभित्र तामाङ सांस्कृतिक पुनःउत्थान समिति,भाषा लिपि तथा शिक्षा प्रवद्र्धन समिति,प्रवासी तामाङ समन्वय सुरक्षा तथा संरक्षण समिति,वातावरण तथा तामाङ स्वःविकास परिचालन समिति,तामाङ कला संस्कृति साहित्य इतिहास लेखन समिति,अध्ययन अनुसन्धान तथा क्षमता अभिवृद्धि समिति,अन्तर्राष्ट्रिय तामाङ उच्चस्तरीय पञ्चाङ्ग समिति,तामाङ विकास कोष निर्माण समिति,तामाङ मानव अधिकार प्रवद्र्धन समितिको व्यवस्था गरेको हो ।
परिषदले आगामी ६ महिनाभित्र विषय विज्ञहरुको भेला गरी समितिहरुको निर्माण गरिने महासचिव टासी लामाद्धारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ ।
सम्मेलनले विधान संशोधन गर्दै महासचिव कार्यकारी पद रहने गरी ७ सदस्यीय कार्यसमिति चयन गरेको थियो । अध्यक्षमा थाइल्याण्डका चम्म्पाडोल्मा लामा,महासचिवमा नेपालका टासी लामा तामाङ,उपःमहासचिवमा अमेरिकाबाट लाक्यान लामा,सचिवमा भारतका प्रेमबहादुर जिम्बा,सम्बन्धन सदस्यहरुको तर्फबाट सचिवमा दक्षिण कोरियाबाट शुभराज बोम्जन,महिला सचिवमा रोमानियाबाट बुदुमाया योञ्जन,कोषाध्यक्षमा जापानबाट प्रतिनिधित्व गरेका हवलचन्द्र लामालाई जिम्मेवारी दिएको थियो ।
त्यस्र्त सम्मेलनले आगामी कार्यकाल तीन वर्षका लागि विश्व कार्ययोजना,परिषदको प्राथमिकताहरु,समसामयिक प्रस्तावहरु र संशोधित विधान सर्वसम्मतले पारित गरेको थियो ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :