
काठमाडौं–गठबन्धन सरकारले संघमा सांसद विकास कोष व्युताएकोमा त्यसको चर्चा सेलाउन नपाउँदै कोशी प्रदेश सरकारले पनि संसदहरुको क्षेत्रमा पूर्वाधार विकासका लागि भन्दै सांसद विकास कोष कार्यक्रम ल्याएको छ ।
अध्यादेशमार्फत बिहीबार सार्वजनिक गरिएको बजेटमा १ अर्ब ५० करोड रुपैयाँ कोशी प्रदेश सभा सदस्य पूर्वधार विकास कार्यक्रमका लागि विनियोजन गरेको छ ।
सडक,खानेपानी,सचाई,शिक्षा,स्थास्थ,पर्यटन,खेलकुद र सामाजिक आर्थिक रुपान्तरणको क्षेत्रमा आयोजना छनौट गरी कार्यक्रम कार्यन्वयन गर्न यो बजेट व्यवस्था गरेको बजेट वक्तव्यमा स्पष्ट छ ।
प्रदेशसभा निर्वाचन क्षेत्रका जनताले अपेक्षा गरेका योजनाहरू प्रदेशसभाका संसदहरूले स्थानीय तहबाट कार्यन्वयन गर्नेगरी बजेट विनियोजन गरेको हो ।