![](https://namobuddhakhabar.com/wp-content/uploads/2023/05/udghatan-ATJ.jpg)
जिल्ला,प्रदेश र प्रवास शाखा प्रतिनिधि सहभागि भेला शनिबार सम्पन्न हुदै
काठमाडौं–तामाङ पत्रकार संघले अग्रजको सम्मान तथा आफ्ना सदस्यहरुको हितलाई मध्यनजर राख्दै रु १० लाखको अक्षयकोष घोषणा गरेको छ । तामाङ पत्रकार संघ संघीय समितिद्धारा आयोजित तामाङ पत्रकारहरुको राष्ट्रिय भेलाको उद्घाटन सत्रमा शुक्रबार यो अक्षयकोष घोषणा गरिएको हो ।
बागमती प्रदेश सरकारका अर्थ मन्त्री बहादुरसिं तामाङको प्रमुख आतिथ्यतामा राष्ट्रिय भेलाा तथा अक्षयकोष घोषणा साथै एवं ‘कलमजीवि’नामक पुस्तक समेत विमोचन गरिएको छ ।
प्रमुख अतिथि लामाले तामाङ पत्रकारहरुको सक्रियताप्रति खुशी व्यक्त गर्नुभयो । अहिले प्रदेश संरचनाको औचित्यबारे विभिन्न विवादित प्रश्नहरु उठिरहेको सन्दर्भमा संघीयताको पक्षमा कलम चलाउन आवश्यक रहेको पनि उहाँको धारणा थियो ।
उहाँले भन्नुभयो,–‘प्रदेश हट्नु भनेको संघीयता हराउनु हो ।’ मन्त्री तामाङले संघको बजेट सिँधै स्थानीय तहमा जाँदा प्रदेश आवश्यक नदेखिएको जस्तो लागेपनि प्रदेशबाट स्थानीयमा पठाएको बजेट संघको भन्दा प्रभाकारी हुने गरेको बताउनुभयो । उनले स्थानीय तहको नजिकको सरकार प्रदेश बाहेक अरु हुन नसक्ने समेत दाबी गर्नुभयो ।
मन्त्री तामाङले संस्कार संस्कृतिलाई प्रवद्र्धन गर्ने हिसावले सरकारको तर्फबाट सकिने हर प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नभयो । उहाँले देशको ऐन, कानुन बनाउने ठाउँमा नपुगेसम्म आफ्नो समुदायको हकहितको बारेमा काम गर्न र बोल्न नसक्ने धारणा व्यक्त गर्दै तामाङ पत्रकारहरुले अझै समुदाय जागरणमा कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वलले अक्षयकोषलाई १० लाखबाट ५० लाखको बनाउन सुझाव दिनुभयो । उहाँले कम्तीमा ५० लाखको अक्षयकोष बनाउन सकेमा तामाङ पत्रकारलाई सम्मानसँगै हकहितमा उल्लेख काम गर्न सकिने बताउनुभयो । त्यसका लागि आफूले ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
भाषाविद् अमृत योञ्जनले ‘कलमजीवि’लाई निरन्तर दिन सके इतिहासमा एउटा राम्रो अभिलेख तयार हुने बताउनुभयो । कार्यक्रममा अन्तराष्ट्रिय तामाङ परिषद्का बरिष्ट उपाध्यक्ष टासी लामाले तमाङहरु समाजको हरेक क्षेत्रमा कमजोर रहेकोले त्यसलाई पत्रकारिताको माध्यमबाट जगजगाउने काम गर्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल तामाङ घेदुङका संघीय सचिव सरोज तामाङले पत्रकारभित्र पनि तामाङ पत्रकार सीमन्कृतको भुमिकामा रहेको बताउनुभयो । नेपाल आदिवासी जनजाती महासंघ (फोनिज)को संघीय अध्यक्ष गजुरधन राईले अक्षयकोष स्थापना हुनु खुशीको कुरा भएको र त्यसको लागि फोनिजको तर्फबाट सकिने सहयोग गर्ने वाचन दिनुभयो ।
तामाङ पत्रकार संघका सस्थापक अध्यक्ष रविन्द्र ग्याबाले तामाङ समुदायको समेत कर परेकाले सरकारले अक्षयकोषको केही न केही सहयोग गर्नु आवश्यक रहेको बताउनुभयो । त्यस्तै संघका पुर्व अध्यक्ष तथा इन्टिजिनियस टेलिभिजनका प्रबन्धक जगत दोङले अक्षयकोषको १० लाखको योजनामध्ये ५ लाख बढी संकलन भइसकेकोले बाँकी रकम सहजै जुट्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । त्यसका लागि आफूले ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
तामाङ पत्रकार संघ संघीय समितिका बरिष्ठ उपाध्यक्ष बुद्ध योन्जनले संघको २२ वटा जिल्ला शाखा, २ वटा प्रदेश शाखा र एउटा विदेश शाखा स्थापना भइसकेको जानकारी दिनुभयो । उहाँले ति जिल्ला,प्रदेश र प्रवास शाखाबाट प्रतिनिधित्व गराउँदै आयोजित राष्ट्रिय भेला तथा तामाङ पत्रकारिता अक्षयकोष घोषणाको औचित्यबारे स्पष्ट पार्नुभयो ।
बरिष्ठ उपाध्यक्ष योञ्जनले प्रत्येक वर्ष एक जना तामाङ पत्रकारलाई ५० हजार रुपैँया बराबरको ‘पहिचानमुलक तामाङ पत्रकारिता लेखनावृद्धि (फेलोसिप)’ प्रदान गर्ने बताउनुभयो ।
संघका निर्वातन अध्यक्ष विष्ण मोक्तानले अक्षयकोषको रकमबाट कार्यविधि अनुसार हरेक वर्ष ३ जना क्रियाशील तामाङ पत्रकारलाई सम्मान गर्ने बताउनुभयो । उहाँका अनुसार अक्षयकोषबाट पत्रकारितामार्फत् तामाङ भाषा, पहिचानका क्षेत्रमा योगदान पु¥याउने दुई जना तामाङ पत्रकारलाई ‘तामाङ मिडिया अवार्ड’ र एक जनालाई ‘दिपेन्द्र दोङ स्मृति पत्रकारिता पुरस्कार’ अन्तर्गत एक जनालाई प्रदान गरिने छ । उनीहरुलाई जनही १० हजार रुपैँयाका दरले पुरस्कृत गरिनेछ ।
तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जनले नगद १० हजार १० रुपैँयामा सहयोग गर्नुभएको छ । तामाङ पत्रकार संघका संघीय सदस्य मिलन लामा १ लाख तमाङ समाज नर्थ अमेरिकाको सल्लाहकार लोक लामा गोले ५० हजार, मम्स नेपालको अध्यक्ष रञ्जिता तामाङ १० हजार रुपैँया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । संघका सस्थापक अध्यक्ष ग्याबकले १५ हजार बराबरको ताम्रापत्र सहयोग गर्ने बताउनुभयो । अक्षयकोषमा यसअघि ३ लाख ५० हजार रुपैँया जम्मा भइसकेका छन् ।
तामाङ पत्रकार संघ संघीय समितिका अध्यक्ष सुवास योञ्जनको अध्यक्षता तथा महासचिव तिर्थमान बलको सहजिरकणमा भएको उद्घाटन कार्यक्रममा मरिन गाउँपालिकाका अध्यक्ष विमर्श लामा(प्रख्यात),नेपाल तामाङ घेदुङका संघीय उपाध्यक्ष सिता गोले,सचिव सरोज तामाङ,बरिष्ठ पत्रकार अमरध्वज लामा,रमिता लामा,लेखक डुपवाङगेल मोक्तान,बरिष्ठ गायक चन्द्रकुमार मोक्तान,प्रेस सेन्टर नेपालका सचिव डिलबहादुर थोकर(ग्याम्जो),सहकोषाध्यक्ष बुद्ध लोप्चन,प्रेस युनियनका केन्द्रिय सचिव प्रेम लामा, तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ,तामाङ डाजाङका अध्यक्ष फूलकुमार बम्जन,तामाङ चलचित्र संघका महासचिव सुनिता लुङबा,मम्स इन्टरनेशनल नेपालका निर्देशक एवं नायिका रञ्जिता ब्लोन,नाङसाल क्लब नेपालका पूर्व अध्यक्ष मिक्साङ वाइबा,ताम्बा संघ नेपाल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पनि अतिथिको रुपमा सहभागि हुनुभएको थियो ।
दुई दिने राष्ट्रिय भेला तामाङ पत्रकारहरुको व्यवसायिक पत्रकारितकामा क्षमता विकासका विषयमा प्रशिक्षण हुने महासचिव तिर्थमान वलले बताउनुभयो ।
उद्घाटन सत्रपछिको सत्रमा तामाङ पत्रकार संघको जिल्ला शाखा र प्रदेश कमिटिहरुले आ–आफ्ना गतिविधि रिपोर्टिङ गरिएको थियो भने तामाङ समुदायको मुद्धा र जनप्रतिनिधिको अनुभवबारे गाउँपालिका राष्ट्रिय महासंघका सल्लाहकार एवं निवर्तमान इन्द्रावती गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष वंशलाल तामाङसँग अन्र्तक्रिया गरिएको थियो ।
भेला शनिबार सम्पन्न हुनेछ ।