
काठमाडौं–नक्कली भुटानी शरणार्थी प्रकरणमन मुछिएपछि बिहीबार पक्राउ परेका भुटानी नेता टेकनाथ रिजाल र नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई थुनामा राखी अनुसन्धानका लागि दुई दिन म्याद थप गरिएको छ ।
काठमाडौं जिल्ला अदालत हाजिर गरेकोमा जिल्ला अदालतले अनुसन्धानका लागि दुई दिन म्याद थपको अनुमति दिएको हो ।
रकम लिएर नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाई अमेरिक लैजाने आश्वासन बाँडेर भएको यो प्रकरणमा ठूला नेतादेखि दलालसम्म गरी हालसम्म १६ जना पक्राउ परिसकेका छन् ।
यसअघि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, टोपबहादुरका छोरा सन्दीप,पूर्वगृहमन्त्री बालकृष्ण खाँण,नेपाल सरकारका सचिव टेकनारायण पाण्डे,तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा.इन्द्रजित राई, खाँणका निजी सचिव नरेन्द्र केसी,नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पा,सन्देश शर्मा,रामशरण केसी, गोविन्द चौधरी,सागर राई,टंकबहादुर गुरुङ,केशव दुलाल र सानु भण्डारी पक्राउ परेका थिए ।
photo from yetikhabar.com