काठमाडौं–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको आफ्नो नीतिगत प्राथमिकता र कार्यक्रमलाई शुक्रबार अन्तिम रुप दिइएको छ ।

नीतिगत प्राथमिकतामा नागरिकता, राज्यका निकायहरुको नीतिगत संरचनागत सुधार, लोकतन्त्र र गुणस्तरीय सेवा, दीगो विकास र अर्थतन्त्रको सवलीकरणलाई मुख्यरुपमा अगाडि बढाइएको छ ।

प्रचण्ड सरकारको नीति तथा कार्यक्रममा विशेष रुपमा अख्तियार दरुपयोग अनुसन्धान आयोग र सतर्कता केन्द्रलाई थप शक्तिशाली बनाउने उल्लेख छ ।
नेपालखबरबाट प्राप्त प्राथमिकताको ड्राफ्ट हेर्दा शिक्षामा सुधार र भौतिक पूर्वाधारको विकास, निरोगी नेपाल, स्वस्थ नागरिकको विषय उठाएको पाइएको छ ।

१३ पृष्ठ तथा २० बुँदामा समेटिएको सरकारको नीतिगत प्राथमिकता र कार्यक्रमको ड्राफ्टलाई शनिबार सत्ता गठबन्धनका शीर्ष नेतालाई बुझाउने तयारी रहेको छ । यद्यपी ड्राफ्टलाई शीर्ष नेताहरुले संशोधन गर्न सक्ने सम्भावना रहेको छ ।

नेकपा एमाले,माओवादी,रास्वपा,जसपा,राप्रपा,नउपा,जनमत पार्टी लगायतको समर्थनमा बनेको सरकारको नीतिगत प्राथमिकता र कायक्रम बनाउन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा माओवादीका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता डां मुकुल ढकाल,जनता समाजवादी पार्टीका रकम चेम्जोङलगायतलाई जिम्मेवारी दिईएको थियो ।

हेर्नुहोस् यस्तो छ ड्राफ्ट :

स्रोत : नेपाल खबर

प्रतिक्रिया दिनुहोस !