बनेपा–नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति काभ्रेको अध्यक्षमा सुरेश भुजेल चुनिनुभएको छ । लेखराम(बबाल)सारु मगरको अध्यक्षतामा शनिवार महासंघ भवन बुडोलमा भएको चौथो जिल्ला अधिवेशनले भुजेलको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको हो ।

महासंघको संघीय उपाध्यक्ष तथा संगठन बिभाग प्रमुख युवराज जिरेलको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा साधुराम राना,उपाध्यक्षमा होमराज माझी,श्रीकृष्ण पहरी र सचीवमा हरि चन्द्र लामाले जिम्मेवारी पाउनुभएको छ ।

समितिको सहसचीवमा पुन माया कर्माचार्य श्रेष्ठ,शम्भु बहादुर गुरुङ,सदस्यहरुमा रेशम माझी,तिब्बत दर्लामी मगर,जमुना भुजेल,देव लामा,भुपाल सिह तामाङ,लाल बहादुर वाइवा,छेवाङ लामा,सिताराम लामा,राजकुमार लामा छानिनुभएको छ । १९ सदस्यीय जिल्ला समितिको कोषध्यक्ष भने पहिलो बैठकले मनोनीत गर्ने नव निर्वाचित अध्यक्ष भुजेलले बताउनुभयो ।

अधिवेशन उद्घाट कार्यक्रममा जिल्ला समितिका पूर्व अध्यक्ष कान्छाराम तामाङ,नेपाल तामाङ घेदुङका संघीय उप–महासचिव हर्क तामाङ,भुजेल सेवा सामाजका संघीय सचीव रामगोपाल भुजेल,तामाङ घेदुङको जिल्ला अध्यक्ष फुर्साङ लामा लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस !