बनेपा–काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ ले शिर मेमोरियल एडभेन्टिस अस्पताल बनेपाको प्राविधिक सहयोगमा शनिवार बनेपामा निशुल्क स्वास्थ्य शिविर गरेको छ ।
वडा कार्यालयमा भएको शिविरमा शिर मेमोरियल एडभेन्टिस अस्पताल बनेपाका डा. संजय मानन्धर लगायतको टोलीले नाक,कान,घाँटी सम्बन्धी परिक्षण गरिएको थियो ।
शिविरमा १०९ जनाले स्वास्थ्य सेवा लिएको वडा अध्यक्ष नृपेश वादेले बताउनुभयो ।
जनताको स्वास्थलाई मध्यनजर गर्दै वडा कार्यालयले यस खालको कार्यक्रम गरेको उहाँको भनाई छ ।