नमोबुद्ध संवाददाता
तेमाल–तेमाल गाउँपालिकाले जनैपूर्णिमाको अवसरमा साउन २६ र २७ गते २ दिन सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाले मगंलबार एक सूचना जारी गर्दै स्थानिय पर्वको रुपमा २ दिन सार्वजनिक बिदा दिने भएको हो ।
परापूर्व कालदेखि जनैपूर्णिमाको अवसरमा हरेक वर्ष विभिन्न स्थानबाट भक्तजनहरु मेला भर्न आउने गर्दछन् । विभिन्न ठाउँबाट बोन्बोहरु आफ्नो नाँचसहित उपस्थित हुने गर्दछन् र सो अवसरमा ठूलो जात्रा नै लाग्ने गर्दछ ।
तेमालको धार्मिक, साँस्कृतिक पहिचान बोकेको नारायणस्थानको संरक्षणको लागि पालिकाले यो वर्षको मेलालाई अझ स्थानिय पर्वको सभ्य भव्य रुपमा मनाउन पनि आग्रह गरेको छ ।
सूचना हेर्नुहोस