
- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेपाली लोकगीत संगीतको बजारमा गायिका सबिता ढुंगानाको काँठे लोक दोहोरी गीत ‘सितल दिने कर्के नजर’ भिडियोसहित हालै बजारमा आएको छ । भिडियो डीएआर मुभिज एंड फिल्म्स प्रालिको आधिकारिक च्यानल मार्फत सार्वजनिक भएको हो ।
गीतको लय÷शब्द सबिता ढुंगाना स्वयंको रहेको छ भने स्वरमा रामेश्वर भण्डारी र राज तिमिल्सिनाले साथ दिएका छन् । मिलन फिल्म्सको निर्माणमा भिडियोको निर्देशन मिलन श्रेष्ठले गर्नुभएको हो ।
मुकेश हुमागाईको छायांकन रहेको गीतको सम्पादन रोशन धितालले गर्नुभएको हो । भिडियोमा सिर्जना किराँती,सुरज श्रेष्ठ,मन्दिर ढुंगाना लगायतको अभिनय रहेको छ ।
गायिका ढुंगानाले नेपाली लोक दोहोरी क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न यो गीतले केहि टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
भिडियो हेर्नुहोस :
https://www.youtube.com/watch?v=Q_z3mtEECZU