
- नमोबुद्ध संवाददाता,
धुलिखेल–काभ्रेको तेमाल,रोशी र चौंरीदेउराली गाउँपालिकाले कोरोना भाइरस विरुद्धको खोप अभियानको तालिका सार्वजनिक गरेका छन् । सरकारले दोस्रो चरणको खोप अभियान अन्तर्गत ६५ वर्ष भन्दा माथि उमेरकालाई फागुन २३ गतेदेखि खोप सुरु गर्ने भएपछि गाउँपालिकाहरुले तालिका सार्वजनिक गरेका हुन् ।
विश्व स्वास्थ्य संगठनले मान्यता दिएको खोप भएकोले ढुक्कसँग खोप लगाउन पालिका अध्यक्षत्रय सलाम सिं तामाङ,डिबि मोक्तान तामाङ र दिननाथ गौतमको अनुरोध छ ।
आफूलाई पायक पर्ने आ–आफ्ना पालिकाभित्रका खोप केन्द्रमा खोप लगाउन लक्षित नागरिकलाई यि पालिकाका अध्यक्षहरुले अनुरोध गर्नुभएको छ । खोप लगाउन आउँदा उमेर खुल्ने प्रमाण पत्र लिएर आउनुपर्ने हुन्छ ।
सार्वजनिक तालिकाअनुसार चौंरीदेउरालीमा फागुन २८,रोशीमा फागुन २९ र तेमालमा चैत २ गतेसम्म खोप अभियान सञ्चालन हुने छ ।
तेमालमा यस्तो छ खोप अभियान तालिका :-
फागुन २३ गते मेच्छे स्वास्थ्य चौकी, तेमाल– ८,सल्लेरी नर्सरी
फागुन २४ गते सामुदायिक स्वास्थ्य इकाई, तेमाल–९,मैनाजाङ
फागुन २५ गते ठुलो पर्सेल स्वास्थ्य चौकी, तेमाल–६,ठुलो पर्सेल
फागुन २६ गते बोल्देफेदिचे स्वास्थ्य चौकी, तेमाल–४,बोल्देफेदिचे
फागुन २७ गते सरमथली स्वास्थ्य चौकी, तेमाल–३,सरमथली
फागुन २८ गते सर्वोद्वार मावि, तेमाल–२,चुखा
फागुन २९ गते सामुदायिक स्वास्थ्य इकाई, तेमाल–१,सस्र्युंखर्क
चैत १ गते हिमचुली प्रावि, तेमाल–५,गिम्दीपाखा
चैत २ गते चापाखोरी स्वास्थ्य चौकी, तेमाल–७,चापाखोरी
रोशीमा यस्तो छ खोप अभियान तालिका :-
२०७७ फागुन २३ रोशी अस्थायी अस्पताल, वडा नं.१, २ र ३
२०७७ फागुन २४ महादेवटार स्वास्थ्य चौकी, वडा नं.४
२०७७ फागुन २५ शिशाखानी स्वास्थ्य चौकी, वडा नं.५
२०७७ फागुन २६ सिपाली स्वास्थ्य चौकी, वडा नं.६
२०७७ फागुन २७ कटुञ्जेवेशी स्वास्थ्य चौकी, वडा नं.७ र ८
२०७७ फागुन २८ मंगलटार स्वास्थ्य चौकी, वडा नं.९ र १०
२०७७ फागुन २९ भिमखोरी स्वास्थ्य चौकी वडा नंं.११ र १२
चौंरीदेउरालीमा यस्तो छ खोप अभियान तालिका:-
२०७७ फागुन २३ वडा नं.२ को नाग्रे गगर्चे स्वास्थ्य चौकी र वडा नं.८ को बिर्तादेउराली स्वास्थ्य चौकी
२०७७ फागुन २४ वडा नं.३ को माझीफेदा स्वास्थ्य चौकी र वडा नं.७ को मादनकुँडारी स्वास्थ्य चौकी
२०७७ फागुन २५ गते वडा नं.१ को सानो वाङथली स्वास्थ्य चौकी र वडा नं.९ को गोठपानी स्वास्थ्य चौकी
२०७७ फागुन २६ गते वडा नं.५ को पोखरीचौरी स्वास्थ्य चौकी र वडा नं.६ को कात्तिके देउराली स्वास्थ्य चौकी
२०७७ फागुन २८ गते वडा नं.५ को धुसेनी शिवालय प्राथमिक अस्पताल (यसअघि यो खोप छुटेकाहरु समेत)