
- नमोबुद्ध संवाददाता,
काठमाडौं–नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक समस्या समाधान गर्न आफूहरु बाधक नबन्ने बताउनुभएको छ ।
प्रतिगमनविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिदै उहाँले राजनीतिक निकासका लागि खुल्ला छलफलमा जान तयार रहेको बताउनुभएको हो ।
बिहिबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहान्छु, बैठक बसौं, खुल्ला रुपमा छलफल गर्न तयार छौं ।”
कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले यस्तो परिस्थितीमा पार्टीहरु मिल्नुको विकल्प नभएको बताउनुभयो ।