• नमोबुद्ध संवाददाता,

काठमाडौं–नेकपाको दल विबाद नटुङ्गिएको स्थितिमा पूर्वप्रमुख निर्वाचन अयुक्तहरुले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ । उहाँहरुले दल विबाद निरुपण प्रक्रिया छिटो टुग्याउनुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले संयुक्त विज्ञप्तिमार्फत पछिल्लो विवादबारे प्रचलित कानुन र स्थापित नजिरका आधारमा यथाशीघ्र उपयुक्त निर्णय दिन निर्वाचन आयोगसँग आग्रह गर्नुभएको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधीप्रसाद यादव र दोलखबहादुर गुरुङले यस्तो सुझाव दिनुभएको हो ।

आयोग अनिर्णयको बन्दी हुँदा त्यसले मुलुकको राजनीतिक प्रक्रियामा पार्न सक्ने गाम्भीर्यता तथा आयोगको आफ्नै शाखमा पर्न सक्ने असरलाई समेत विचार गरी चाँडो निर्णय दिन उहाँहरुको अनुरोध छ ।

विज्ञप्तिमा भनिएको छ,“राजनीतिक दलको विवाद निरुपणमा ढिलाइ गरेको भनी निर्वाचन आयोगको निर्णय क्षमता र स्वायत्तताका विषयमा उठाइएका प्रश्नले हामीलाई गम्भिर बनाएको छ ।”

विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस !