
-
नमोबुद्ध संवाददाता
काठमाडौं– दुई पटक नेकपा (ओली समुह)को वैठकमा सहभागी भएर क्याम्प परिवर्तनको सन्देश दिएका नेता शेरबहादुर तामाङले रातारात फेरि क्याम्प बदलेका छन् । बिहीबार उनी प्रचण्ड–माधव समुहतिर खुलेका छन् ।
सोमवारको बालुवाटार बैठकमा सहभागी भएका केन्द्रीय सदस्य तामाङ प्रचण्ड माधव पक्षमा लागेका हुन्।
तामाङ बुधबार कार्की पार्टी प्यालेसमा आयोजित प्रचण्ड–माधव समुहको बैठकमा सहभागी भएका छन् । उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले गरेको मनोनयन अस्वीकार गरेकी थिइन् ।
सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए ।
तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको स्रोतले जनाएको छ ।