
- नमोबुद्ध संवाददाता,
काठमाडौं-लोक दोहोरी गायक अमृत खाति र उमा श्रेष्ठको स्वरमा लोकदोहोरी गीत मिरमिरे साईली हालै सार्वजनिक भएको छ ।
अमृत खातिको शव्द संगीतमा, संगीत संयोजन कमल सौराग, मिक्सिङ मास्टरिङ कुमार सानुको रहेको गीत भिडियोसहित
डिएआर मुभिजको अफिसियल च्यानबाट सार्वजनिक भएको हो ।
विक्रम चौहान निर्देशित गीतको भिडियोमा संजीव ठकुरी र अनुपमा भण्डारीलाई फिचरांकन गरिएको छ । छायाँकन दिपक गिरी, श्रृंगार कविन खड्का र सम्पादन लक्ष्मण चौहानको रहेको सांगीतिक कोसेली दर्शकस्रोताले मन पराउने विश्वास गरिएको छ ।
भिडियो :