• नमोबुद्ध संवाददाता

काठमाडौं– कोरोना महामारीको कारण अस्पतालहरुमा रक्त अभाव छ । विरामीहरुले रगत नपाएका कारण ज्यान जाने स्थिति बनिरहेको छ । यस्तो अवस्थामा कल्याणकारी संस्था हाम्रो सोच र लायन्स क्लब अफ काठमाडौं मोडेलले राजधानीमा रक्तदान कार्यक्रम गरेको छ । काठमाडौं महानगरपालिका–५ हाँडीगाउँस्थित ढुंगेधारामा भएको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् । देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव हुन नदिन रक्तदान गरिएको हो ।

लकडाउन र निषेधाज्ञाका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि रक्तदान कार्यक्रम गरिएको आयोजक हाम्रो सोचका अध्यक्ष विजय कर्माचार्यले बताए ।
महामारीको समयमा भौतिक दूरी कायम राखेर हाम्रो सोचले रक्तदान कार्यक्रम गरेको हो । उक्त रक्तदान कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीविलगायत उपस्थित रहेका अध्यक्ष कर्माचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !