• नमोबुद्ध संवाददाता,

सस्र्यूंखर्क–काभ्रेको तेमाल गाउँपालिकास्थित वडा नं. १ को कार्यालयले आवास पुननिर्माण कार्यका लागि लाभग्राही कवुलियतनामा गर्न वडाभित्रका भुकम्प प्रभावित आवास पुननिर्माण लाभग्राहीहरुमा अनुरोध गरेको छ ।

आफ्नो नाम लिस्ट हेरेर निस्सा नं. सम्झौता प्रमाणपत्र (रातो किताब) र नेपाली नागरिकताको प्रमाणपत्र लिई असोज २० गतेभित्र वडा कार्यालय सस्र्यूंखर्कमा उपस्थित हुन सम्बन्धित लाभग्राहीहरुमा वडा कार्यालयले सार्वजनिक सूचना समेत जारी गरेको छ ।

हालसम्म आवास निर्माण सम्झौता नभएका लाभग्राहीहरु,सम्झौता भएका तर डीपीसी नगर्ने लाभग्राहीहरु,डीपीसी गरी घुर निर्माण पुरा नगरेका लाभग्रहीहरु र सबै किस्ता लिएको तर घर निर्माण सम्पन्न नगरेका लाभग्राहीहरुलाई कवुलियतनामा गर्न सूचना जारी गरिएकोे हो ।

यदि तोकिएको समयभित्र वडा कार्यालयमा सम्पर्क नगर्ने तथा कावुलियतनामा नगरेमा ती लाभग्राहीको नाम पुननिर्माण प्राधिकरणले लाभग्राही सूचिबाट हटाउन सक्ने भएकोले समयमै सम्पर्कमा आउन वडाध्यक्ष मानबहादुर श्रेष्ठले सबै लाभग्राहीहरुमा आग्रह गर्नुभएको छ ।

हेर्नुहोस् सूचना यस्तो छ :

 

प्रतिक्रिया दिनुहोस !